असोज २२, २०८३ बिहिबार October 8, 2026

नबिल बैंकले सार्वजनिक गर्याे ’लाइफ टाइम फ्री क्रेडिट कार्ड’

नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।

यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्‍ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । ’हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भनिन् ।

नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार
चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
२०८३ असोज २२, बिहिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि तीन स्थानमा मतदान
२०८३ असोज २२, बिहिबार
आज विश्व दृष्टि दिवस : अन्धोपनको दर घट्दै
२०८३ असोज २२, बिहिबार
नेपालको जलवायु कूटनीतिक पहललाई अन्तर्राष्ट्रिय समर्थन, आईपीयूमा प्रस्ताव पारित
२०८३ असोज २२, बिहिबार