असोज २२, २०८३ बिहिबार October 8, 2026

‘टेक्नो पोभा ३’ स्मार्टफोन मे २५ मा सार्वजनिक हुँदै

टेक्नो पोभा ३ स्मार्टफोनको मूल्य ८९९९ फिलिपिन्स पेसो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः टेक्नोले फिलिपिन्समा मे २५ मा टेक्नो पोभा ३ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। टेक्नोको आगामी स्मार्टफोनको डिजाइन र मूख्य फिचरको जानकारी बाहिर आएको छ। टिपस्टर पारस गुगलानीले टेक्नो पोभा ३ स्मार्टफोनको लाइभ इमेज सेयर गरेका छन्।

लाइभ इमेजबाट यस फोनको डिस्प्लेमा ठूलो साइजको पन्च होल कटआउट दिइएको देख्न सकिने गिज्जमोचाइनमा उल्लेख छ। फोनमा ट्रिपल रियर क्यामराका साथ क्वाड-एलईडी फ्ल्यास दिइएको छ। फोनको पछाडिको प्यानलको बिचमा थोरै चम्किलो ठाडो स्ट्राइपको साथ म्याट फिनिस भएको देख्न सकिन्छ।

स्पेसिफिकेसन

टेक्नो पोभा ३ मा ६.९५ इन्च आईपीएस एलसीड प्यानल रहेको छ। जसले फुल एचडीप्लस रिसोलुसन १०८० वाइ २४०० पिक्सल र ९०एचजेड रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ५० मेगापिक्सलको मूख्य क्यामरा र ८ मेगा पिक्सलको सेल्फी क्यामरा छ। मूख्य क्यामरोको लेन्समा २ मेगापिक्सलको लेन्स छ।

टेक्नो पोभा ३ स्मार्टफोन मिडियाटेक हेलियो जी८८ प्रोसेसरका साथ प्रस्तुत गरिएको छ। फोनमा ७००० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर छ। यो फोन एन्ड्रोइड १२ ओएसमा आधारित आईओएसबाट सञ्चालित हुन्छ।
टेक्नो पोभाको साइडतर्फ फिंगरप्रिन्ट स्क्यानर रहेको छ। फोनमा ग्रेफाइट कूलिङ सिस्टम, डीटीएस स्टिरियो स्पिकर, जेड–एक्सिस लिनियर मोटर र माइक्रोएसडी कार्ड स्लट दिइएको छ।

फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध हुने चर्चा छ। फोन ब्ल्यक, सिल्भर र ब्लू कलर अप्सनमा उपलब्ध छ। टेक्नो पोभा ३ स्मार्टफोनको मूल्य ८९९९ फिलिपिन्स पेसो र ब्लू एडिसनको मूल्य ९३९९ फिलिपिन्स पेसो हुने अनुमान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार