असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेश नं ३ मा ६१ प्रहरी आधुनिक चौकी बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश नं ३ अन्र्तगतका जिल्लाहरुमा आधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ ।

प्रदेश नं ३ सरकारले एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

संघीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो ।

प्रदेश नं ३ का काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको उहाले जानकारी दिनुभयो । नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार