कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ : मन्त्री गुरुङ

शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कानुन, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।

नेपाल शिक्षक सङ्घको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो। अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उहाँले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताउनुभयो। शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उहाँको भनाइ थियो। देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “सरकार आफ्नो काममा दृढ छ। जनताको पक्षमा काम गर्न सरकार बनेको हो।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उहाँको भनाइ थियो।

पछिल्लो समय कांग्रेसका नेतासमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङको जो–कोही भए पनि नछाड्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो।

केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, नेपाल शिक्षक सङ्घ सङ्घीय उपमहासचिव प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ध्रुवराज पोख्रेल, नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली कांग्रेसका नेता प्रकाश अधिकारी, भरतपुर महानगरपाकिलाका–१० का अध्यक्ष परमेश्वर खनाललगायतले शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो।

नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगबाट स्थायी अनुमति लिएका शिक्षक शिक्षिकालाई स्वागत गरिएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार