चैत्र १५, २०८० बिहिबार March 28, 2024

काँग्रेसमात्र नभई राष्ट्रीयस्तरमै ठुलै प्रभाव पार्न सक्छ–प्रल्हाद पन्त ,युवा नेता नेपाली कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

युवा नेता प्रल्हाद पन्त चिनाई रहनुपर्ने नाम होइन । आफ्नो चेतनायुक्त समयबाट नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका एउटा निस्कंकीत, भद्र तथा शालिन युवा अनुहार हो ।

२०२६ साल भाद्र ८ गते थान्सींह, १ मा जन्मिनुभएका पन्त, जसको जीवनको उद्देश्यनै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, स्वाभिमान जस्ता पार्टीका मूल सिद्धान्तलाई गाँउ, जिल्ला तथा देशभर प्रवाह गर्ने रहेको छ ।

कांग्रेस राजनीतिमा अनवरत सक्रिय,तर हालसम्म कुनै पनि कार्यकारी भुमिकामा नहरनु भएका पन्त राजनीति पद र प्रतिष्ठाका लागि भन्दा पनि समाज र राष्ट्रलाई सहि बाटोमा ल्याउनका लागि गरिनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाले आफु पद र प्रतिष्ठाका लागि भन्दा पनि समाज र राष्ट्रलाई एउटा नागरिकको हैसियले योगदान गर्नका लागि आफु राजनीतिमा क्रियाशिल रहेको प्रष्ट पार्नुभयो । पार्टीमा रहेर उहाँलाई प्राप्त भएको जिम्मेवारी इमानका साथ निर्वाह गर्ने व्यक्तिमा पर्नुहुन्छ । पछिल्लो समय कांग्रेसमा युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने बहस चलिरहेका बेला उहाँको विचार भने फरक रहेको छ । भौतिक शरीर युवा हुंदैमा युवक नहुने भन्दै उहाले युवा हुनका लागि उसमा जागृत चेतना पनि हुनु आवश्यक रहेको धारणा राख्नुहुन्छ । पछिल्लो समय नेपाली कांग्रेस नुवाकोटमा केसी र महत गुट अन्त्यको प्रयास भैरहेको बारे उहाले भन्नुभयो– काग्रेसको संगठन निर्माणको सन्दर्भमा उहाँहरु दुवै आ–आफ्नो चरित्र र स्वार्थमा उभिने प्रवृत्तीलाई पृष्ठपोषण गरेर हुर्किनु भएका पात्रहरु हुनु हुन्छ ।

यदि उहांहरुमा बाँंची रहेको यो प्रवृत्तिले निर्माण गरेका परिणामहरुलाई दुवैले नजिकबाट बुझेर एक हुने निर्णय गर्नु भएको हो भने यसले नुवाकोट काँग्रेसमा ठुलै प्रभाव पार्न सक्छ,तर आ–आफ्नो कित्तामा निर्मित चरित्रमा आएको हासले उहाँहरुलाई नजिकाएको हो भने त्यस्तो चरित्रको अन्त्य नभए सम्म पर्खिनु नै पर्ने होला । कांग्रेसमा युवाहरु हुनुपर्ने आवाज उठिरहेका बेला पन्तको विचार भने फरक रहेको छ ।

उहा भन्नुहुन्छ–नेपाली काग्रेस पार्टीलाई बलियो पार्ने साेंचमा विश्वास गर्ने आम साथीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको छ । यिनै समयसामायिक विषयमा नुवाकोट पुकारसँग भएको कुराकानीलाई उहासँगको सहमतिमा सभार गरिएको छ ।

 

 के मा व्यस्त हुनुहुन्छ ?
नेपालमा संविधान सभाबाट घोषणा भएको प्रजातान्त्रिक संविधान र त्यस अन्तर्गत राज्य सञ्चालनका लागि स्थापित संस्थाहरुलाई कसरी नागरिकमुखी वनाई नागरिकको पक्षमा, देशको पक्षमा, हाम्रा सुन्दर गाँउहरुको पक्षमा, ती गाँउमा वस्ने स्वावलम्बि नागरिकको पक्षमा, जनजाती, दलीत, महिला र अल्पसंख्यकको पक्षमा कामगर्ने वनाउन सकिएला भनेर चिन्तन मनन गरि रहेको छु ।
पार्टीमा तपाईको सक्रियता कम हुँदै गएको हो ?
नेताको ढोका ढोकामा गलत सूचना प्रवाह गरि ती नेता सहित पार्टिलाई कमजोर पार्न उद्धत प्रवृतिलाईसक्रीयता भन्ने हो भने, मेरो त्यसमा सक्रियता छैन । तरपार्टीको एउटा इमान्दार एवं कृयाशील सदस्यको हैसियतले राष्ट्रीयता, प्रजातन्त्र, समाजवाद, स्वाभिमान जस्ता पार्टीका मूल सिद्धान्तलाईगाँउ, जील्ला तथा देशभर प्रवाह गर्ने कार्यमा म निरन्तर क्रियासिल छुु नागरिकका रुपमा आफ्नो अगाडी उपस्थीत राष्ट्र, समाज तथा नागरिकका समस्याहरु प्रति केन्द्रीत भई उचित समाधानका उपायहरुको खोजी र तीनको कार्यान्वयनमा कृयाशील छु ।

 नुवाकोटमा कांग्रेस भित्रको गुट अन्त्यको प्रयास भैरहेको चर्चा छ नि ?
प्रयास निरन्तर जारि छ,तर सार्थक परिणाम आउन अझै समय लाग्छ ।

अर्जुननरसिंह केसी र डा. रामशरण महत पछिल्लो समय एक भएको हल्ला सत्य हो ? यसले नुवाकोट काँग्रेसमा कस्तो प्रभाव होला?
मैले पनि त्यस्तै सुनेको छु । मेरो करिव ३०वर्षको राजनीतिक अनुभवमा उहाँहरु पार्टीभित्र अलग अलगराजनीतिक चरित्रकाराष्ट्रियव्यक्तित्व हुनुहुन्छ । वहांहरुको राजनीतिक योगदानको विषयमा मापनगर्न सक्ने क्षमता तत्कालको अवस्थामा मबाट हुन सक्दैन । तर, नुवाकोटकाग्रेसको संगठन निर्माणको सन्दर्भमा भन्नु पर्दा उहाँहरु दुवै आ–आफ्नो चरित्र र स्वार्थमा उभिनेप्रवृत्तीलाई पृष्ठपोषण गरेर हुर्किनु भएका पात्रहरु हुनु हुन्छ । यदि उहांहरुमा बाँंचि रहेको यो प्रवृत्तिले निर्माण गरेका परिणामहरुलाई दुवैले नजिकबाट बुझेर एक हुने निर्णय गनु भएको हो भने यसले नुवाकोट काँग्रेसमात्र नभई राष्ट्रीयस्तरमै ठुलै प्रभाव पार्न सक्छ । अब नेपाली काँग्रेसका राजनीतीक मुल सिद्धान्तहरुलाई आफ्नो सिद्धान्त मानेर जीवन्त रुपमा बाँचि रहेका क्रियासिल कार्यकर्तालाई पार्टी संगठनको जिम्मेवारीमा आउनसक्ने वातावरण सृजना हुने छ ।यस्तो वातवरण निर्माण गर्नमा उहाँहरु दुवैको योगदान महत्वपुर्ण हुने छ । आ–आफ्नो कित्तामा निर्मित चरित्रमा आएको राहासले उहाँहरुलाई नजिकाएको हो भने त्यस्तो चरित्रको अन्त्य नभए सम्म पर्खिनु नै पर्ने होला ।
 कांग्रेसमा पुराना कार्यकर्ताको मुल्याङकन हुन छाडेको हो ?
पुराना कार्यकर्ताको मुल्याङकन हुन छाडेको भन्दा पनि नेपाली काँग्रेसको सिद्धान्तलाई आत्मसात गरि राजनीतिमा कृयासिल विचारकहरुलाई नेतृत्वमा आउने वातावरण निर्माण भै नसकेको अवस्था हो ।

पुराना कार्यकर्ताहरुले पार्टी छाड्न थालेका छन नि ?
सिद्धान्तनिष्ठ कार्यकर्ताले पार्टी छाडेका छैनन् । पहिले कम्युनिष्ट वन्न नचाहने वहुदलवादी सोचका मान्छेलाई हेपीए÷थिचीए पनि काग्रेस भइरहनु पर्ने वाध्यता थियो ।वहुदलीय व्यवस्थाको महत्व बुझेका तर सैद्धान्तिक द्विविधामा रहेका कार्यकर्ताहरुलाई अहिले एउटै पार्टीमा बसि रहनु पर्ने अवस्था छैन् । आज अन्य राजनीतिक विकल्प उपलब्ध भएको अवस्था छ ।

 कांग्रेसको किल्ला मानिएको नुवाकोटमा पछिल्लो समय कांग्रेस किन कमजोर बन्न पुग्यो ?
अन्यत्र झै नुवाकोटमा पनि राम्रो मान्छे भन्दा हाम्रो अथवा मेरो मान्छेलाई नै पार्टीको पद र चुनावमा टिकट दिन थालेका कारण काँग्रेसको यो हालत भएको हो । माथि चर्चा गरिएका दुई नेताका प्रभावमा पार्टिको जिम्मेवार भूमिकामा रहेका व्यक्ति र तीनका आसेपासेहरु समेत सग्लंग्न भई एकले अर्कालाई सिद्धाउन रचेका काण्ड, संघिय संरचना निर्धारणमा ती पात्रहरुले निर्वाह गरेको भूमिकाले सृजित अवस्था लगायत ती पात्रहरुले समाजमा देखाएका चारित्रीक आचरणले पनि गत चुनावमा गहिरैै प्रभाव पर्यो । त्यस्तै एउटै अनुहारलाई निरन्तर रुपमा र त्यही अनुहारवाट पृष्ठपोषण÷दिक्षीत भएकालाई उहाँहरुको सारथी बनाइ दिएका कारण पनि मतदाताहरुमा उत्साह देखीने कुरै भएन । एकातर्फ ३० –४० वर्षदेखी देखीदैं आएका अनुहारबाट वाक्क भै सकेका थिए भने अर्कोतर्फ ती उम्मेदवारले जाग्रीत चेतनामा विश्वास गर्ने मतदाताको एजेन्डामा केन्द्रित विषयहरु उठाउनसकेनन् । यसपाली काँग्रेसले समय सापेक्ष राजनीतिक दृष्टिकोण पनि प्रस्तुत गर्न सकेन । यति हुँदा हुँदै पनि जुन मत काँग्रेसले यहाँ पाएको छ, त्यसले नुवाकोटमा नेपाली काँग्रेस कमजोर छैन भन्ने सन्देश दिएको छ । केहि व्यक्तिहरुको काँग्रेसमा रहेको वर्चश्व भने कमजोर भएको छ । प्रतिकुल अवस्थामा पनि नेपाली काँग्रेसको यो साख कायम राख्नसम्भव बनाउने स्थानीय स्तरमा कृयाशील स्वाभिमानी कार्यकर्तालाई म नमन् गर्छु ।

 पार्टीमा युवाहरुले स्थान पाउन सकेको दैखिदैन नि ?
कसरी पाउँन सकिन्छ ? पम्परागत सोच÷चरित्रलाई आत्मसाथ गरेर ?आफ्नो नियमित कार्य,आफ्नो व्यक्तित्व र अस्तित्वलाई आफैले सम्मान नगरि आफ्नो अस्तित्व, शरीर, अनुहार र जिम्मेवारी अरुलाई सुम्पेर? स्थानहासिल गर्नलाई आफुसँग भएकोव्यक्तित्वलाई पहिले आफैले सम्मान गर्न सिक्नु प¥यो । आफ्नो जागृत चेतनालाईदैनिक रुपमा बांचेर सत्यको पक्षमा आ–आफुलाई उभ्याउन सकेत्यो भन्दा ठुलो स्थान के हुन सक्छ । भौतिक शरीर युवा हुंदैमा युवक भैंदैन, त्याँहां जागृत चेतना पनि हुनु आवश्यक छ ।
नेतृत्वका लागि चौधों महाधिवेशनमा पार्टीका युवा एक हुन सक्ने सम्भावना छ ?
युवा मात्रै नभनौं सिद्धान्तनिष्ठ सबै नेपाली काँग्रेसका कार्यकर्ताले व्यक्ति÷गुट पुजामालागेकालाई छोडेर, जागृत चेतनालाईदैनिक रुपमा जीवन्त पारिनेपाली काग्रेस पार्टिलाई वलियो पार्ने सोचमा विश्वास गर्ने आम साथीहरु एक ठाउँमा हुने अपेक्षा गरेको छु ।

१० विगतनिर्वाचनमा त त्यस्तो अवस्था देखिएन नि ?
यो अभियानको शुरुवातदशौं महाधिवेनवाट नै भएको थियो,तर त्यस सोचले अझै मुर्तरुप लिन सकेको छैन् । आगामि महाधिवेशन मार्फत सार्थक परिणामका लागि निरन्तर कृयासिल भइरहेका छौं ।

 कांग्रेसको संगठन देशभर नैलथालिङग अवस्था छ नि ?
माथि नै भनि सके नी ! पार्टिको सिद्धान्त देशभर प्रवाह नभए सम्म व्यक्ति व्यक्तिको गुट वलियो हुन्छ । पार्टीको वर्तमान अवस्था त्यसैको परिणाम हो । यो अवस्था धेरै समय रहि रहन सक्दैन ।

 अब समग्र रुपमा कांग्रेसलाई सुधार्न नेतृत्वले के के गर्नुपर्ला ?
चाँडो भन्दा चाँडो संघिय संरचना अनुसार पार्टिको संरचना निर्माण गरि पार्टिको सिद्धान्तनिष्ठ भै त्यस अनुकुलकाम गर्न सक्नेलाई जिम्मेवारी दिने, पार्टिको सिद्धान्त केन्द्रीत भइ सवैले आ–आफ्नो स्तरवाट योगदान गर्नु प¥यो ।
वर्तमान दुई तिहाई सरकारबारे तपाईको धारणा ?
वर्तमान सरकार जनआन्दोनल २०४६ र २०६२÷०६३ को प्रजातान्त्रिक आन्दोलनले स्थापित गरेका सर्वस्वीकार्य प्रजातान्त्रिक व्यवस्था कार्यान्वयनका अंगहरुलाईदुई तिहाईको प्रभावमा कमजोर बनाई नियन्त्रणमा लिने अभिष्टमा केन्द्रीत भएको भान हुन्छ । यदि यो अभिष्ट सफल भयो भनेनेपालको इतिहासमा यो सवभन्दा दुर्भाग्यपूर्ण र निन्दनीय हुनेछ ।

 अन्त्यमा  केही भन्न बाँकी छ ?
आ–आफ्नो स्तर, स्थान र प्रकृती अनुसार ज–जस्ले जे–जे जिम्मेवारी÷भूमिका पाएका छौं वा निर्माण गरेका छौं तत् तत् ठांउबाट राष्ट्र तथा नागरिकको समग्र हित सहित आ–आफ्नो हितमा काम गर्न शुरुवात गरे राष्ट्र र हामी सम्पन्न हुन्छौ । आम नागरिकहरु माझ म यहि भन्न चाहन्छु ।नुवाकोट पुकार साप्ताहिकबाट साभार 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार
त्रिविमा हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
२०८० चैत्र १५, बिहिबार
जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग एमाले प्रदेश कमिटीको माग
२०८० चैत्र १५, बिहिबार
न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ
२०८० चैत्र १५, बिहिबार