वैशाख ८, २०८१ शनिबार April 20, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया