श्रावण १२, २०८१ शनिबार July 27, 2024

पूर्वमन्त्री एवं एमाले सचिव टोप बहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन् ।

वैशाख २० मा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गर्दा उपत्यका बाहिरको कार्यक्रममा देखिएका उनी त्यसयता फरार थिए । उनलाई पक्राउ गर्न सातदोबाटास्थित निवासमा प्रहरी गएको थियो । तर, उनी पक्राउ पर्न सकेका थिएनन् ।

अझैँ यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज पक्राउ पर्न बाँकी रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि फरार छन् ।

यस प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध आइतबार थप ४ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार