वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

जनताले दुःख नपाउने गरी काम गर्न न्यायिक समितिलाई कानुनमन्त्रीको निर्देशन

जनताको हित सोचेर काम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् ।  भरतपुर महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताको हित सोचेर काम गर्न आग्रह गरे ।

उनले भने, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस् ।”

कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उहाँले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए। महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताइन् । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियशन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा. विश्वराज सुवेदी लगायतले बोलेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया