जेठ २०, २०८० शनिबार June 3, 2023

हिजो पक्राउ परेका रायमाझीलाई आज अदालत उपस्थित गराईँदै

एमाले सांसद रायमाझीलाई म्याद थपका लागि अदालत लगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राति पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ।

रायमाझीलाई म्याद थपका लागि अदालत लगिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। उनको राति नै स्वस्थ्य परीक्षण गरिएको छ।

पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंबाटै पक्राउ परेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया