श्रावण १४, २०८३ बिहिबार July 30, 2026

दुप्चेश्वर पहिरो पिडीतको उद्धार गर्न सभापति केसीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङफेदीमा रहेको चेताङबस्तीमामा पहिरोले पुरिएर दुई जना थुनिएको र चारघर बगाएको घटनाप्रति नेपाली कांग्रेस नुवाकोटले दुःख व्यक्त गरेको छ ।

कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ति मार्फत पहिरोका कारण विस्थापित परिवारको  हेलिकप्टर पठाएर उद्धार गर्न सरकारसँग अपिल  समेत गर्नुभएको छ ।

साथै उहाले यस्तो विपतका बेला सहयोग गर्नु सबैको धर्म भएकाले पार्टीका क्रियाशिल कार्यकर्ताहरुलाई तत्काल राहत तथा उद्धारमा लाग्न समेत आग्रह गर्नुभएको छ ।

सो स्थानमा पहिरोले चार घर पुरिएको र दुई जना थुनिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा फस्ने दोर्जेन शेर्पा र एङसेन शेर्पा रहेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार