माघ २८, २०८१ सोमबार February 10, 2025

दुप्चेश्वर पहिरो पिडीतको उद्धार गर्न सभापति केसीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङफेदीमा रहेको चेताङबस्तीमामा पहिरोले पुरिएर दुई जना थुनिएको र चारघर बगाएको घटनाप्रति नेपाली कांग्रेस नुवाकोटले दुःख व्यक्त गरेको छ ।

कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ति मार्फत पहिरोका कारण विस्थापित परिवारको  हेलिकप्टर पठाएर उद्धार गर्न सरकारसँग अपिल  समेत गर्नुभएको छ ।

साथै उहाले यस्तो विपतका बेला सहयोग गर्नु सबैको धर्म भएकाले पार्टीका क्रियाशिल कार्यकर्ताहरुलाई तत्काल राहत तथा उद्धारमा लाग्न समेत आग्रह गर्नुभएको छ ।

सो स्थानमा पहिरोले चार घर पुरिएको र दुई जना थुनिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा फस्ने दोर्जेन शेर्पा र एङसेन शेर्पा रहेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार