असोज २२, २०८३ बिहिबार October 8, 2026

अब ‘व्हाट्सएप’वाट पठाईएका सन्देशहरु ‘सम्पादन’ गर्न सकिने

आफुले सन्देश पठाएपछि १५ मिनेटसम्म सम्पादन गर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अब ‘व्हाट्स एप’मा आफुले पठाएका सन्देशहरु सम्पादन गर्न सकिने भएकाे छ ।

सोमवार व्हाट्सएपले जनाएअनुसार यसका प्रयोगकर्ताहरूलाई अब सन्देशहरू सम्पादन गर्न अनुमति दिदैँछ । यस्तो सुबिधा यसअघि टेलिग्राम र सिग्नल जस्ता प्रतिस्पर्धीहरूसँग मात्रै थियो । जो अहिले ह्वाटसअपमा पनि दिन सुरु गर्न थालिएकाे हाे ।

उसका अनुसार आफुले सन्देश पठाएपछि १५ मिनेटसम्म सम्पादन गर्न सकिने बनाईएको छ ।

यो सुविधा आगामी हप्तामा व्हाट्सएपका २ अर्ब प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ। यसले भारतलाई ४८७ मिलियन प्रयोगकर्ताहरूसँग यसको सबैभन्दा ठूलो बजारको रूपमा गणना गरेकाे छ ।

‘साधारण गलत हिज्जे सच्याउने देखि सन्देशमा सन्दर्भ थप्नसम्म, हामी तपाइँको च्याटहरूमा थप नियन्त्रण ल्याउन उत्साहित छौं, व्हाट्सएपले भनेको छ, ‘त्यसका लागि तपाईले पठाएको सन्देशमा लामो समयसम्म थिच्नु पर्छ र पन्ध्र मिनेटसम्मको लागि मेनुबाट सम्पादनको छनौट गर्नु पर्छ ।’

सम्पादन गरिएका सन्देशहरूलाई ‘सम्पादन गरिएको’ रूपमा ट्याग गरिने छ, त्यसैले प्राप्तकर्ताहरूलाई सन्देशबाहकको तर्फवाट सामग्री परिवर्तन गरिएको छ भनी सचेत हुने मौका मिल्नेछ ।

व्हाट्सएप कम्पनि मेसेजिङ सेवा फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको अमेरिकी प्रविधि कम्पनी मेटाको हिस्सा हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
२०८३ असोज २२, बिहिबार
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
२०८३ असोज २२, बिहिबार
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३ असोज २२, बिहिबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि
२०८३ असोज २२, बिहिबार
एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
२०८३ असोज २२, बिहिबार
एमाले बैठकमा वरिष्ठ नेताका रूपमा विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुँदै
२०८३ असोज २२, बिहिबार
बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
२०८३ असोज २२, बिहिबार