वैशाख १५, २०८१ शनिबार April 27, 2024

नेतृत्वले अहिलेसम्म पछिल्ला निर्वाचन परिणामका विषयमा घनीभूत छलफल गर्न आवश्यक ठानेन – अर्जुननरसिंह केसी (अन्तवार्ता)

पार्टी नेतृत्वले सरकार गठनदेखि सबैतिर एकलौटी गरिरहेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीका केन्द्रीय नेता नै संगठित अपराधका अभियुक्त बनिसक्दा पनि पार्टीले किन केही बोल्न सकिरहेको छैन ?

यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण अवस्था हो । डेढ वर्षको अवधिमा एकपटक मात्र केन्द्रीय कार्य समितिको बैठक बसेको छ । पार्टीको विधानमा पदाधिकारी भन्ने संस्थाको कुनै व्यवस्था नै छैन । तर, नेतृत्वले पदाधिकारीहरू बसेर विभिन्न विषयमा छलफल गर्ने र त्यसैलाई आधिकारिक मान्न पार्टी पंक्तिलाई बाध्य पार्ने काम गर्दै आएको छ । देशलाई खोक्रो पार्दै आइरहेको भ्रष्टाचारलाई अझै पनि नियन्त्रण नगर्ने र त्यसमा संलग्नहरूलाई बचाउने प्रयास पार्टीले ग¥यो भने जनतामा पैदा भएको असन्तुष्टिले पार्टीलाई बढार्न बेर छैन ।

पार्टीमा गत मंसिरमा सम्पन्न निर्वाचन र त्यसपछिको उपनिर्वाचनको समीक्षासम्म नहुनुको कारण के होला ?

यस विषयमा त मलाई भन्दा पनि पार्टी नेतृत्वलाई नै सोध्नुपर्छ । हामीले यस विषयमा पटकपटक आवाज उठाउँदा पनि नेतृत्वले अहिलेसम्म पछिल्ला निर्वाचन परिणामका विषयमा घनीभूत छलफल गर्न आवश्यक ठानेको छैन । पार्टीको आधारिक निकायमा बसेर पार्टीलाई सुधार्न सद्भावपूर्ण छलफल गर्नुपर्नेमा नेतृत्वले त्यसतर्फ कुनै चासो नै दिएको छैन ।

पार्टीका विभाग र भ्रातृ संगठनहरू लथालिंग अवस्थामा देखिन्छन् । यस्तो अवस्था किन आइरहेको छ ?

पार्टीका भ्रातृ संगठन र विभागहरूको गठन सन्तुलित ढंगबाट गर्नुपर्नेमा पार्टी नेतृत्वले सरकार गठनदेखि सबैतिर एकलौटी गरिरहेको छ । यसले मुलुकमा बढिरहेको असंगठित अराजकता र नागरिक असन्तुष्टिलाई झनै बढाउन मद्दत गर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार