श्रावण १२, २०८१ शनिबार July 27, 2024

निर्मलाका हत्यारा पत्ता लगाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या गरिएकोयति लामो समयसम्म पनि हत्यारा पत्ता नलागेको भन्दै छिटो भन्दा छिटो हत्यारा पत्तालगाउन माग गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजना गरिएको साक्षात्कारमापन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाहीगर्न माग गर्नुभएको थियो ।

निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीलेआवश्यक सहयोग नगरेको गर्दै आफु न्याय खोज्नका लागि काठमाडौं आएको बताउनुभयो ।

उहाले भन्नुभयो–प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोगहुन्छ, हामीले कहाँबाट न्याया पाउने ? छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीलेघटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उहाँले आरोप थियो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमाकाठमाडौँ आएको बताउनुभयो । “जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चरपुरमान्याय नपाएर हामी यहाँ आएका हौँ,” उहाँले भन्नुभयो ।

मानवअधिकारकर्मी शारदा चन्दलेघटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाणनष्ट गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारलाई समेत ज्यानको खतरारहेको भन्दै सुरक्षाको माग गर्नुभयो ।

अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारलेअपराधीलाई जोगाउन खोजेको आरोप लगाउनुभयो । मानवअधिकारकर्मी माया नेगी,अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीन वटा समिति

बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको उल्लेख गर्नुभयो । निर्मलासाउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।

सोघटनापछि प्रहरीले मानसिक सन्तुलन ठिक नभएका दिलिप सिंह विष्टलाई हत्याराको रुपमापक्राउ गरेको भएपनि उनको डिएनए परिक्षण नमिलेपछि छाडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार