वैशाख ८, २०८१ शनिबार April 20, 2024

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको स्पष्ट पारेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया