वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

रवि लामिछानेविरुद्ध सर्वोच्चमा परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज(बुधबार) पेशी तोकिएको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट सफलले यही जेठ २ मा पुनः दर्ता गराउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया