वैशाख १५, २०८१ शनिबार April 27, 2024

राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)

फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्रजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिना र रुसका आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।

डेनमार्कका आवासीय राजदूत डा. रामस्वार्थ राय नर्वे र पाकिस्तान आवासीय राजदूत तापस अधिकारी टर्कीको गैरआवासीय राजदूतमा नियुक्त भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया