असोज १९, २०८३ सोमबार October 5, 2026

क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितको मृत्यु,शव व्यवस्थापनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिएका छन ।

क्रिमसन अस्पतालले औपचारिक रूपमै उनको मृत्यु भएको जानकारी गराएको डा‍. चौधरीले बताएका छन। उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा. चौधरीले जानकारी दिएका छन ।

बुधबार मृत्युको खबर आएपछि खण्डन गरेको अस्पतालले विज्ञप्ति निकाले पनि मृत्यु भएको सार्वजनिक जानकारी गराएको छैन । उनले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने उनले बताएका छन । मृत्युको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले अस्पतालले विज्ञप्ति ननिकालेको जनाइएको छ ।

निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् । सिकिस्त अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो ।

संक्रमण देखिएपछि बिरामीको वास्ता नगरेको र चिकित्सकले नियमित निगरानी पनि नगरेको आफन्तको दाबी छ । गुल्मीमा रहेका उनमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार