श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

उपत्यका प्रवेशका लागि कोरोना संक्रमणको परीक्षण अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृह मन्त्रालयले अत्यावश्यक काम परेर काठमाडौँ उपत्यका आउनुपरेमा आउन चाहनेले कोरोना संक्रमणको परीक्षण गरेको हुनुपर्ने व्यवस्था गरेको छ। हाल काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न गृह मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य छ।

गृह मन्त्रालयले स्वीकृति दिएपछि मात्र सम्बन्धित जिल्लाले सवारी पास जारी गर्न सक्छन्। गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले बाहिरबाट उपत्यका छिर्नेहरुमा कोरोना संक्रमण देखिरहेकाले यस्तो व्यवस्था गरिएको बताए। तर परीक्षण गर्दा पोजेटिभ आएमा त्यस्तालाई छिर्न दिने की नदिने भन्नेबारे उनले स्पष्ट पारेनन्।
‘अब उपत्यका छिर्ने मानिसहरुको पछि लाग्दै हिँड्न सम्भव छैन। बरु सुरुमै कोरोना संक्रमण परिक्षण भयो भने प्रशासनलाई पनि सजिलो हुन्छ। यसको मतलब कोरोना संक्रमण परिक्षण गरेका सबैले काठमाडौँ उपत्यका प्रवेश गर्न पाउने भन्ने होइन ।’, गृह प्रवक्ता शर्माले भने।

गृह मन्त्रालयले यसलाई अनिवार्य नभनेपनि सकेसम्म आरडिटी परीक्षण गरेको प्रमाण देखाउनुपर्ने भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्रियसभाको बैठक आज बस्दै
२०८३ श्रावण १५, शुक्रबार
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १५, शुक्रबार