श्रावण २५, २०८३ सोमबार August 10, 2026

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ। शुक्रबार मन्त्रिपरिषद्ले निशान छाप संशोधन गर्ने निर्णय गरेको केही घण्टामै प्रतिनिधिसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानको अनुसूची–३ मा निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने प्रस्ताव दर्ता गरेको हो।

सरकारले बुधबार लिम्पियाधुरा, कुटी, गुञ्जी, नावी, लिपुलेख र कालापानीसहितका भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो। २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान संशोधन गर्ने यो तेस्रो प्रस्ताव हो।

पहिलो प्रस्ताव पारित भएपनि दोस्रो प्रस्ताव भने अस्वीकृत भएको थियो। आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा उल्लेख भएअनुसार सरकारले उक्त नीति तथा कार्यक्रम पारित भएको भोलिपल्टै नक्सा सार्वजनिक गरेर आफ्नो घोषणा तत्कालै कार्यान्वयन गरेको छ।

मंगलबार संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याउने प्रतिवद्धता जनाउँदै नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापमा प्रयोग भएको देशको नक्सा पनि संशोधन गर्ने घोषणा गरेका थिए।

निशान छापमा प्रयोग भएको नक्सामा सुगौली सन्धिबाट कायम भएको नेपालको भूभाग महाकाली पूर्वको लिम्पियाधुरा, कुटी, नावी गुञ्जी छुटेको देखिन्छ। प्रधानमन्त्री ओली उक्त त्रुटीलाई सच्याउन छिट्टै संविधान संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने घोषणा गरेका हुन्। उक्त प्रस्ताव पारित भएको दिन देशभर दीपावली गरिने निर्णय पनि सरकारले शुक्रबारको बैठकमा गरेको छ।

यस्तै सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयकमा भएको साविकको प्रावधान जगाउने अध्यादेशको प्रतिस्थापन विधेयक पनि राष्ट्रियसभा सचिवालयमा दर्ता गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार