काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित दिँदै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा समेत अपील गरेका छन् ।
गएरातीदेखि परेको वर्षाका कारण ताप्लेजुङ, पाँचथर लगाएत नेपालको पूर्वि भेगमा धनजनको क्षेति भएको छ । बाढी पहिरोका कारण केही मानिस बेपत्ता भएका छन् भने राजमार्ग समेत अवरुद्ध भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया