श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान ?

सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।

सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’

सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।

सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया