कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

आदिपुरुषको एडभान्स बुकिङ टिकट धमाधम रद्द

फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।

फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।

सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।

रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार