कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक शोक विदा

प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ । हिजो साँझ धनगढीमा बसेको क्याबिनेट बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्री सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि धनगढी रंगशालामा राखिएको छ । अन्त्येष्टिका लागि शव मन्त्रीको गृह जिल्ला बझाङ लगिँदैछ ।

उनको हिजो दिउँसो बझाङमा भएको सडक दुर्घटनामा निधन भएको हो । दुर्घटनामा श्रीमती अमृतादेवी सिंह र सिंहकी भाउजू जयादेवीको पनि निधन भएको छ ।

अंगरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार