कार्तिक २९, २०८३ आइतबार November 15, 2026

जनशक्तिको अभावमा मन्त्रालयको सेवा प्रभावकारी हुन सकेन : मन्त्री साउद

मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी सङ्ख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताउनुभएको हो ।

‘यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति दुई सय ८३ जना मात्र छ’, उहाँले भन्नुभयो, ‘कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौँ ।’

‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उहाँले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा गुनासो बढेको बताउनुभयो ।

उहाँले राहदानी सरकारलाई सरकारमार्फत ९जिटुजी० खरिद गर्न समयको अभाव भएको भन्दै ‘भेरियसन’ मार्फत खरिद गर्न तयारी रहेको जानकारी दिनुभयो ।

‘मैले एक देशको राजदूतावासमार्फत पासपोर्ट जिटुजी ‘सप्लाइ’ गर्न सकिन्छ कि भन्ने छलफल गर्दा चार महिनाभित्र गर्न सकिन्न भन्ने कुरा आयो’, उहाँले भन्नुभयो, ‘त्यसैले भेरियसनमा जानुपर्ने अवस्था छ ।’

उहाँले ६६ पेजको छापिएको चार लाख राहदानीमा दुई वर्षको अवधिमा जम्मा पाँच हजार मात्र वितरण भएको बताउँदै यसप्रतिको आकर्षण कम भएकाले मूल्य पाँच हजार कायम गरेको स्पष्ट पार्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार