कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उपप्रधानमन्त्री खड्कासँग अष्ट्रेलियाका राजदूत भोल्कको शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको हो।

रक्षा मन्त्रालयका प्रवक्ताले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उपप्रधानमन्त्री खड्काले राजदूत भोल्कसँगको भेटमा नेपाल र अष्ट्रेलियाबीच घनिष्ट सम्बन्ध रहेको कुरा व्यक्त गर्नुभयो उल्लेख छ। उहाँले वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिबद्ध रहेको र यसका लागि काठमाडौंस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने विचारसमेत व्यक्त गर्नुभएको छ।

उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अष्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको धन्यवाद दिँदै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

भेटपछि सार्वजनिक विज्ञप्तिमा नेपाली सेना र अष्ट्रेलियाको सेनाबीचको सहयोग आदान–प्रदान गर्ने प्रशस्त संभावना रहेको कुरा उपप्रधानमन्त्री खड्काले राख्नुभएको उल्लेख गरिएको छ। उहाँले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रम आदान–प्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने विचार व्यक्त गर्नुभएको छ।

उपप्रधानमन्त्री खड्कासँगको भेटमा राजदूत भोल्कले  नेपाली विद्यार्थी एवं समुदायप्रति अष्ट्रेलियाका जनताको सदभाव रहेको बताउनुभयो। नेपाली समुदायको कारण अष्ट्रेलियाको आर्थिक एवं सांस्कृतिक विकासमा योगदान पुगेको विचार व्यक्त गर्दै उहाँले कृषि, उद्योग, व्यवसायतका क्षेत्रमा दुई देशबीच सहयोग आदान–प्रदान गर्ने पर्याप्त संभावना रहेको कुरा बताउनुभयो।

उहाँले रक्षा क्षेत्रमा दुई देशका सेनाबीच विभिन्न प्रकारका कार्यक्रममा सहकार्य हुँदै आइरहेको कुरा उल्लेख गर्नुहुँदै आगामी दिनमा यस्तो सहयोग विस्तार गर्ने पर्याप्त संभावना रहेको विचार व्यक्त गर्नुभयो।  आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई थप उचाईमा पुयाउन आफू प्रतिवद्ध रहेको विचारसमेत व्यक्त गर्नुभएको छ।

विज्ञप्तिमा भेटको सुरुमै राजदूत भोल्कले उपप्रधानमन्त्री एवं रक्षामन्त्री नियुक्त हुनुभएकोमा उपप्रधानमन्त्री खड्कालाई बधाई दिनुभएको उल्लेख छ। मन्त्री खड्काले बधाई एवं शुभकामना निमित्त राजदूत भोल्कलाई धन्यवाद  दिनुभएको छ। भेटमा अवसरमा रक्षा मन्यालय एवं परराष्ट्र मन्त्रालय सहसचिवको समेत उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार