कार्तिक १४, २०८३ शनिबार October 31, 2026

शाहरुख र आर्यनको बयान लिँदै सीबीआई

समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन ।

समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप छ । उनीमाथि लागुऔषध मुद्धामा घुस र जबरजस्ती असुलीको आरोप पनि छ ।

अब भने सीबीआईले यो मुद्धालाई अगाडि बढाउनका लागि शाहरुख र आर्यनलाई बयान लिने तयारी गरिरहेको छ । सीबीआईले चाँडै नै आर्यनको बयान लिँदैछ । आर्यन पछि उसले शाहरुखको बयान लिनेछ । वानखेडेको इशारामा आरोपी किरण गोसावी र सेनविल डिजुसाले शाहरुखसँग २५ करोड मागेको आरोप छ । जबरजस्ती असुलीको यो योजनाको तहसम्म पुग्नका लागि बयान दर्ता गराउनुपर्ने आवश्यकता देखिएको छ ।

सीबीआईले आर्यनलाई कोर्डेलिया क्रुज मादक पदार्थ मामलामा नफसाउनका लागि शाहरुखसँग २५ करोड घुस मागेको आरोपमा वानखेडे र अन्य चारविरुद्ध ११ मेमा मुद्धा दर्ता गराएको थियो । भ्रष्टाचारको आरोपमा घेरिएका समीरमाथि शाहरुखकी मेनेजर पूजा ददलानीले आफूहरुसँग घुस मागेको बयान दिएपछि समीर संकटमा परेका हुन् । आर्यनलाई कोर्डेलिया क्रूज ड्रग्स मामलाबाट बचाउनका लागि १८ करोडमा डील फाइनल भएको थियो ।

जसमा ५० लाख रुपैंयाँ टोकन मनीका रुपमा दिइएको थियो । यो डिलको कुरा साक्षी प्रभाकर सेलले पनि आफ्नो अन्तिम बयानमा भनेका थिए । प्रभाकरले सन् २०२१ मा आर्यनलाई छुटाउनका लागि एनसीबीका एक अधिकारी र गवाह गोसावीसमेतका मानिसले २५ करोड रुपैंयाँ घुस मागेको दाबी गरेका थिए । प्रभाकरको हाल निधन भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार