असोज १७, २०८० बुधबार October 4, 2023

नुवाकोटमा दशै महोत्सव विवाद बल्झियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । जिल्लाको पुरानो विद्यालय त्रिभुवन त्रिशुली माविले प्राविधिक विषय सञ्चालनका खर्च जुटाउन लागिका भन्दै आयोजना गर्न लागेको नुवाकोट दशै महोत्सव नगर्न नुवाकोट उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघले एक एक विज्ञप्ति मार्फत यस्तोआग्रह गरेको हो । संघका अध्यक्ष ताराबहादुर कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–

नेपालीहरुको मूख्य चाडबाडको समय पारेर नुवाकोट जिल्लामा विभिन्न क्लब,संघ संस्थातथा विद्यालयले महोत्सव,उत्सव जस्ता व्यवसायिक प्रयोजनका कार्यक्रमहरु घोषणा गर्न थालेको जानकारीमा आएकोले यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

ब्यापारी व्यवसायी

तथा लगानीकर्ताहरुको व्यवसायको महत्वपुर्ण समयको रुपमा रहने चाडपर्वको समयामा केहीव्यक्ति संस्था वा निश्चित समुदायले मात्रै लाभ उठाउने गरि दशैं तिहार ,महोत्सव गर्नुउपयुक्त देखिदैन ।

संघले महोत्सव गर्दा अन्य व्यापारीलाई असर पर्ने भन्दै यस्तो आग्ह गरेकोजनाएको छ । उता महोत्सव आयोजना गर्ने तयारी गरिरहेको विद्यालयले भने पवित्र कामकालागि गर्न लागिएको महोत्सव रोक्न खोज्नु जायन भएको भन्दै महोत्सव गर्ने अडान राखेको छ ।

विद्यालयले शिक्षा, कृषि,पर्यटन तथा व्यापार महोत्सव भन्दै असोज २२–३० गतेसम्मआयोजना गर्ने तयारी गरेको थियो । दशैको अवसरमा यसरी महोत्सव गर्दा अन्यव्यवसायीको व्यापार चौपट हुने भन्दै संघले रोकेको हो ।

यसले यसलाई बहाना बनाएकोभएपनि यसरी महोत्सव आफ्ना लागि मात्रै जस्तो गर्नु गलत भएको जिल्लाका व्यवसायीहरुलेगुनासो गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार