कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पत्रकारको स्वास्थ्य बिमा निःशुल्क गरिने मुख्यमन्त्री पाण्डेको घोषणा

प्रेस स्वतन्त्रतामा कुनै किसिमको अङ्कुश नलाग्ने गरी विधेयक ल्याउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेश भित्रका पत्रकारलाई नि–शुल्क रुपमा स्वास्थ्य बिमा गर्नको लागि बजेट बिनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।

प्रेस युनियन नेपाल जिल्ला शाखा पर्वतको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकार र पत्रकारितालाई जोगाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार र पत्रकारितालाई सहयोग होस् भन्ने उद्देश्यका लागि आगामी वर्षको प्रदेशको बजेटमा पत्रकार लेखन वृद्धि कार्यक्रम राखिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

प्रेस स्वतन्त्रतामा कुनै किसिमको अङ्कुश नलाग्ने गरी विधेयक ल्याउने प्रतिबद्धता उहाँले गर्नुभयो ।

उहाँले फरक प्रसङ्गमा नेपाली काङ्ग्रेसभित्र देखिएको समस्या र चुनौती हल्लाको भरका ठुलो बनाइएको बताउनुभयो । उहाँले २०४६ साल पछिका सबै परिवर्तनमा काङ्ग्रेसको मुख्य भूमिका रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य अर्जुन जोशी, प्रेस युनियन नेपालका केन्द्रिय अध्यक्ष शिव लम्साल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा जिल्लादेखि केन्द्रका विभिन्न पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार