कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक

‘न वारमा छु, न पारमा छु’ रिलिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोमा अभिनेतृ करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।

गीतमा चलचित्रभित्र करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरू समावेश गरिएको छ । काखे छोरी हुर्काउँदै एकल जिन्दगी बिताउनु पर्दाका विभिन्न भोगाइ यो गीत हेर्दा महसुस हुन्छ । अभिनेतृ मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको यो चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन् ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायतको अभिनय छ । स्वप्न नीरवको कथामा आधारित यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गर्नुभएको हो । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्मातामा सुरेश वाग्ले र कार्यकारी निर्मातामा विनोद मानन्धर रहनुभएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार