कार्तिक २९, २०८३ आइतबार November 15, 2026

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्री डा. महतको प्रतिबद्धता

निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिाय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै मंगलबार सदन नै अवरुद्ध गरे ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका प्रमुख सचेतक जीवन परियारले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने जानकारी गराए ।

सँगै एमालेका सांसद सूर्य थापा र प्रमुख सचेतक पदम गिरीले पनि उक्त निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने बताए । दुवै दलका सांसद उठेर विरोध जनाइरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

यसपछि मंगलबार दोस्रोपटक बसेको बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताए । निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने उनले बताए । यसपछि सदन चलेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार