असोज २२, २०८३ बिहिबार October 8, 2026

२४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मोबाइल निर्माता कम्पनी रेडम्याजिकले छिट्टै आफ्नो एट एस प्रो (8s pro) मोडेलको फोनमा २४ जीबी र्‍याम उपलब्ध गराउने भएको छ । कम्पनीले मंगलबार सामाजिक चिनियाँ सामाजिक सञ्जाल विइबो (Weibo)मा एक पोस्ट राख्दै आफ्नो नयाँ मोडेलको स्मार्टफोनमा २४ जीबी र्‍याम हुने बताएको छ ।

कम्पनीले रेडम्याजिक एट एस प्रोमा उपलब्ध गराउने २४ जीबी र्‍याम भर्चुअल हो वा भौतिक हो भन्नेबारे भने स्पष्ट जानकारी आएको छैन । अहिले विकासकै क्रममा रहेको यो मोडेल आगामी जुलाई ५ मा चिनियाँ बजारमा सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीबीच र्‍यामलाई लिएर प्रतिस्पर्धा बढ्दो छ । विशेषगरी कम्पनीले आफ्ना हाइ-इन्ड मोडेलहरूमा ८ देखि १६ जीबी र्‍याम उपलब्ध गराइरहेका थिए । तर, यता म्याजिकले भने आफ्नो सेभेन प्रो गेमिङ फोनमा १८ जीबीको र्‍याम उपलब्ध गराएको थियो ।

एन्ड्रोइड अथोरिटीका अनुसार ओप्पो वा वनप्लसमध्ये कसले पहिले २४ जीबी र्‍याम भएको फोन बजारमा ल्याउँछ भन्ने चर्चाबीच रेडम्याजिकले नयाँ मोडलमा २४ जीबी र्‍याम उपलब्ध गराउने घोषणा गरेको हो ।

के स्मार्टफोनका लागि धेरै र्‍याम आवश्यक छ ? 

जति बढी र्‍याम भयो त्यति नै उत्कृष्ट फोन हुन्छ भन्ने मानसिकता आम जनमानसमा छ । तर, वास्तविकतामा मानिसहरूले यसलाई किन प्रयोग गरिन्छ भन्ने नबुझ्दा यस्तो भ्रम भएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

यसो त र्‍यामका धेरै फाइदा पनि छन् । विशेषगरी बढी एप एकै पटक मल्टिटास्किङ गर्दा, ब्राउजरमा एकै पटक धेरै ट्याब खोलेर प्रयोग गर्दा वा डिभाइसमा हुने एड्भान्स फिचर प्रयोग गर्न र्‍याम आवश्यक पर्छ ।

आजका दिनमा हेर्ने हो भने मेमोरी व्यवस्थापनमा ब्रान्डहरू उग्र बन्दै गइरहेका छन् । अहिलेका डिभाइसमा हुने १२ जीबीदेखि १६ जीबी पनि आवश्यक भन्दा बढी भएको विज्ञहरूको तर्क छ ।

उनीहरूका अनुसार फोनमा ८ देखि १२ जीबीसम्म र्‍याम हुनुलाई उपयुक्त मानिन्छ । त्यसैले १६ जीबीभन्दा माथिको र्‍यामको त्यति प्रभावकारी मानिँदैन । यदि तपाईंले २४ जीबी र्‍याम भएको फोन प्रयोग गर्नुभयो भने पनि तुलनात्मक रूपमा १२ जीबी र्‍यामभन्दा त्यति भिन्नता पाउनु हुन्न । त्यसैले स्मार्टफोन र्‍याममा भन्दा अन्य फिचरमा बढी केन्द्रित हुनुपर्ने विज्ञहरूको धारणा छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार