असोज २२, २०८३ बिहिबार October 8, 2026

भारतले चन्द्रमा मिशन चन्द्रयान–३ लाई जुलाई १३ मा प्रक्षेपण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रयान मिशन चन्द्रयान ३ को प्रक्षेपणको लागि अनुमानित मिति तोकेको छ।

इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्  ।

इसरो प्रमुख एस सोमनाथले भने, अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौं।

उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए । उनले जुलाई १२ र १९ को बीचमा चन्द्रयान–३ प्रक्षेपण गर्न सकिने तर निकटतम मिति तय हुने आशा व्यक्त गरेका छन् ।

अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ । प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ।

यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।

त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुनेछन कि हुने छैनन ? त्यो भने अझै तय भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार