काठमाण्डौः प्रेमिल गीतहरु बाट चर्चा कमाएकी गीतकार प्रतिमा गुरुङले, यसपाली भने सबैलाई रुवाउने एकदम मार्मिक गीत (मेरा आमाबाबा) गीतको भिडियो सार्वजनिक गरेकी छन् । उक्त गीतमा गीत, कथा, सम्बाद, पनि उनकै रहेको छ ।
गीतमा उनले रचना गरेको शब्द शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काउदै, आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशीनुको पिडालाई समेट्दै कतिपय आफूले भोगेका र कतिपय आफूले देखेका तीतो दुखद यथार्थलाई शब्द रचनासहित गीतिकथा मेरा आमाबुवाको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन गीतकार प्रतिमा गुरुङले,।
गीतमा संगीत चिरन्जीवी भण्डारी, आवाज लोकप्रिय गायिका अन्जु पन्त, संगीत संयोजन संजीव बराईली मिक्सिंङ मास्टरिङ नरेश बिसीको रहेको छ । गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप केसी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वती रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी, सृष्टि सुनारको मार्मिक अभिनय रहेको छ ।
गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल, भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । भिडियोलाई Chiranjivi Bhandari अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा.ली.ले बजारमा ल्याएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया