श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

गौरीफन्टा नाकाबाट हजारौँ नागरिक भित्रिँदै, गड्डाचौकी नाका पनि खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । रोजगारी तथा अध्ययनको सिलसिलामा भारत गएका नागरिकहरू कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल फर्किने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बैतडी जिल्लासँग सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रसम्म पुगेर अलपत्र परेका हजारौँ नेपाली नागरिकहरूको उद्धार गर्ने क्रम पनि जारी रहेको छ ।

कञ्चनपुर र कैलालीको दक्षिण तिर भारतीय सीमा जोडिएको गौरीफन्टा नाकाबाट यही जेठ २ गतेदेखि ११ गते रातिसम्म बाह्र हजारभन्दा बढी नेपाली नागरिकहरू नेपाल भित्रिएका छन् ।

गौरीफन्टा नाकाबाट सोमबार पनि हजारौँ नागरिकहरूलाई नेपाल प्रवेश गराइँदै छ ।

त्यस्तै, भारतीय सीमावर्ती क्षेत्रबाट अवैधानिक बाटो भएर नेपाल भित्रिन खोज्ने नेपाली नागरिकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी समेत सोमबारदेखि खुला गरी वैधानिक बाटोबाट भित्र्याउने काम भइरहेको छ ।

कञ्चनपुर जिल्लाको सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई गड्डाचौकी नाकाबाट औपचारिक रूपमा नेपाल ल्याउन सोमबारदेखि गड्डाचौकी नाका खुला गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताएका छन।

उहाँका अनुसार, गड्डाचौकी सीमा नाका भएर नेपाल आउने प्रत्येक व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्ने क्रम समेत जारी रहेको छ ।

भारतबाट नेपाल फर्किने नेपालीहरूको सङ्ख्या बढ्दै गएपछि कोरोना भाइरस सङ्क्रमणको थप जोखिम बढ्ने भएकोले सोमबारदेखि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार बिहानैदेखि अर्को आदेश नभएसम्म अत्यावश्यक औषधोपचार बाहेक अन्य कामका लागि सुरक्षा कर्मीको परामर्श बिना घरबाहिर ननिस्कन कञ्चनपुरवासीलाई निर्देशन दिएको हो ।

यसैबिच, आइतबार साँझ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको बैठकले सोमबारबाटै लागु हुने गरी अत्यावश्यक औषधोपचार बाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरू, बैङ्क लगायत सम्पूर्ण व्यापार, व्यवसाय समेत पूर्ण रूपमा बन्द गराउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्रियसभाको बैठक आज बस्दै
२०८३ श्रावण १५, शुक्रबार
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १५, शुक्रबार