कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् ।

आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् भन्ने पुष्टि भएको छ ।

रस थडानीको यो डेब्यु फिल्म एक्सन–एड्भेन्चर फिल्म हुनेछ, जसको छायांकन छिट्टै सुरु हुँदैछ । यस फिल्मबाट अजय देवगनका भतिजा अमन पनि राषासँग डेब्यु गर्दैछन् । फिल्ममा अजय देवगन पनि रहने बताइएको छ । फिल्मको नाम भने खुलाइएको छैन तर सन् २०२४ को फेब्रुअरी–मार्चसम्ममा रिलिज हुने बताइएको छ । समाचार अनुसार यो ९ फेब्रुअरी २०२४ मा रिलीज हुन सक्छ।

राशि थडानी भर्खर १८ वर्षकी भएकी छिन् र उनले यसै वर्ष स्नातक गरेकी छिन् । राशा राम्रो डान्सर पनि हुन् । आमा रविना टण्डनसँगको उनको तस्बिर सामाजिक सञ्जालमा प्रायः देखी नै रहन्छ । अमनको कुरा गर्दा उनी अजय देवगनकी बहिनी नीलमका छोरा हुन् । अमनलाई अभिनयको मन छ र उनी चलचित्रमा काम गर्न चाहन्छन् । अभिषेक कपुरले यी दुबै स्टार किड्सलाई लन्च गर्ने जिम्मेवारी लिएका छन् ।

यसअघि अभिषेकले सारा अली खानलाई फिल्म केदारनाथमा लन्च गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार