जेठ ७, २०८२ बुधबार May 21, 2025

नुवाकोटमा केसी –महत मिल्दा तेस्रो गुट जन्मियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नेपाली कांग्रेसकै दुई गुटबीच प्रतिस्पर्धा भएको निर्माण व्यवसायी संघ नुवाकोटको अध्यक्ष डा प्रकाशशरण महत तथा बहादुरसिंह लामा पक्षका सुमन अधिकारी प्यानलले बाजी मार्न सफल भएको छ ।

बिदुरमा आज सम्पन्न मतगणनामा अधिकारी विजयी भएका हुन् । अधिकारीले आफ्ना प्रतिद्वन्दि कृष्ण थपलियालाई ७२ मतान्तरले पराजित गरेका छन् । अध्यक्षमा अधिकारीले २३१ मत ल्याउँदै विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी थपलियाले १५९ मत मात्रै प्प्त गरेका छन् ।

निर्वाचन अधिकृत आत्माकुमार शाहका अनुसार । त्यस्तै उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल , द्वितीय उपाध्यक्षमा पशुपती थापा, महासचिवमा रमेश बस्नेत , उपमहासचिवमा गोकर्ण थपलिया, सचिवमा रामसिं लामा, सहसचिव भगवान अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह(कोषाध्यक्षमा शिवलाल श्रेष्ठ विजयी भएका छन् ।
अध्यक्षमा बिजयी अधिकारी नेपाली काङ्ग्रेसको बहादुरसिंह लामा र प्रकाशशरण महत पक्षबाट नेकपा र राप्रपा समेतको समर्थनमा उमेदवार बनेका थिए । अर्का प्रत्यासी कृष्ण थपलियालाई काङ्ग्रेसकै अर्जुननरसिंह केसी र रामशरण महत पक्षको समर्थन थियो ।

काङ्ग्रेसको दुई समुहबिच प्रतिष्ठाको लडाँईका रुपमा हेरिएको यस निर्वाचनमा काङ्ग्रेसको नयाँ बिचार समुह बिजयी बनेपछी यसले जिल्लाको राजनितिमा तरङ्ग उत्पन्न गराएको छ ।

यद्यपि यो घटनाले सिंगो कांग्रेसलाई भने लज्जित बनाएको छ । नेताहरुको लडाईले कार्यकर्ता भने फेरि विभाजित हुन बाध्य भएका छन् । नुवाकोटमा गुट अन्त्य गर्ने भन्दै अर्जुननरसिंह केसी र डा रामशरण महत मिलेपछि अर्को गुट जन्मिएको छ ।

केसी र महतले आफु निकटका कार्यकताहरुलाई मिल्नुको कारण र मिल्ने विषयमा समेत जानकारी नगरी एकलौटी रुपमा हातमालो गरेपछि उनीहरु निकट मानिउका नेता कार्यकर्ता समेत असन्तुष्ट बनेका छन् । जसको परिणाम निर्माण व्यवसायी संघमा देखिएको छ ।

विगतमा नुवाकोटमा अर्जुनरसिंह केसी र डा रामशरण महत कित्त थियो । गत निर्वाचनमा केसी र महतका   चार जना उम्मेदवार बनेपछि नुवाकोटको राजनीतिमा कांग्रेसप्रति मतदाता र कार्यकर्तामा नैराश्यता बढेको थियो ।

नेताहरुले भने सत्तारुढ दलको अधिनायकवादी शैली हावी भैरहेका बेला कांग्रेसका केन्द्रीय नेताहरुले समेत अर्को पक्षसँग मिलेर सिंगो पार्टीलाई नै हराएको आरोप लगाएका छन् । पार्टी सभापति जगदीश्वरनरसिंह केसीले भने पार्टीले आधिकारिक रुपमा तय गरेको उम्मेदवारका विषयमा पार्टीका केन्द्रीय नेताहरु ने लाग्नु कांग्रेसका लागि यो भन्दा अर्को बिडम्बना हुनै सक्दैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार