वैशाख २३, २०८१ आइतबार May 5, 2024

अहिले भइरहेका छानबिन र अभियोजन सरकारात्मक छन् : पूर्वसचिव, शारदाप्रसाद त्रिताल (अन्तवार्ता)

अब भ्रष्टाचार गरेको खण्डमा कसैले पनि उन्मुक्ति पाउँदैन भन्ने नजिर स्थापित हुन सक्ने सम्भावना देखिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्रष्टाचारसम्बन्धी प्रकरणमा पछिल्लो समय भइरहेको छानबिनलाई कसरी हेर्नुभएको छ ?

अहिले भइरहेका छानबिन र अभियोजन सरकारात्मक छन् । धेरैजसो प्रकरणमा पहिले नै छानबिन भइसक्नुपर्ने थियो । तर, ढिलै भए पनि अहिले राम्रो काम भइरहेको छ । अब यसलाई निष्पक्ष र तटस्थ ढंगले अनुसन्धान गरी निश्चित टुंगोमा पुर्‍याउन सक्नुपर्छ ।

अहिले पक्राउ परेका माथिल्लो तहका प्रशासक र नेताहरू ‘ठुला माछा’ हुन् कि यिनीहरू पनि ‘भुरा’ नै हुन् ?

यसरी ‘ठुला माछा’ या ‘भुरा’ भन्नु त्यति उपयुक्त हुँदैन । कानुनले ठुलो या सानो भन्दैन । सानो कसुर या ठुलो कसुर भनेर पनि छुट्याउँदैन । सबैलाई समान सजाय र समान न्याय प्रदान गर्छ । विगतमा राजनीतिक नेतृत्वले उन्मुक्ति पाउने र कर्मचारी तथा प्रशासकले सजाय पाउने अवस्था देखिँदै आएको थियो । अहिले यसमा केही सुधार भएको देखिन्छ । अब भ्रष्टाचार गरेको खण्डमा कसैले पनि उन्मुक्ति पाउँदैन भन्ने नजिर स्थापित हुन सक्ने सम्भावना देखिन्छ ।

पछिल्लो छानबिन र अभियोजनले भ्रष्टाचारमा केही कमी आउला त ? 

पक्कै आउनुपर्ने हो । अहिले धेरै पुराना मुद्दाहरू पनि सतहमा आइरहेका छन् । गृह मन्त्रालयभित्रै पनि आपराधिक गतिविधि हुँदा रहेछन् भन्ने देखिएको छ । साथै, गल्ती गरिसकेपछि जुनसुकै पद र तहको व्यक्ति भए पनि फसिँदो रहेछ भन्ने देखिँदै छ । टिप्पणी उठाउनेदेखि सदर गर्नेसम्मका सबैले सचेत नहुने र ‘माथिको आदेश’ पालना गर्दै जाने हो भने आगामी दिनमा सजायको भागीदार बनिने रहेछ भन्ने स्थापित भएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया