असार ६, २०८३ शनिबार June 20, 2026

अहिले भइरहेका छानबिन र अभियोजन सरकारात्मक छन् : पूर्वसचिव, शारदाप्रसाद त्रिताल (अन्तवार्ता)

अब भ्रष्टाचार गरेको खण्डमा कसैले पनि उन्मुक्ति पाउँदैन भन्ने नजिर स्थापित हुन सक्ने सम्भावना देखिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्रष्टाचारसम्बन्धी प्रकरणमा पछिल्लो समय भइरहेको छानबिनलाई कसरी हेर्नुभएको छ ?

अहिले भइरहेका छानबिन र अभियोजन सरकारात्मक छन् । धेरैजसो प्रकरणमा पहिले नै छानबिन भइसक्नुपर्ने थियो । तर, ढिलै भए पनि अहिले राम्रो काम भइरहेको छ । अब यसलाई निष्पक्ष र तटस्थ ढंगले अनुसन्धान गरी निश्चित टुंगोमा पुर्‍याउन सक्नुपर्छ ।

अहिले पक्राउ परेका माथिल्लो तहका प्रशासक र नेताहरू ‘ठुला माछा’ हुन् कि यिनीहरू पनि ‘भुरा’ नै हुन् ?

यसरी ‘ठुला माछा’ या ‘भुरा’ भन्नु त्यति उपयुक्त हुँदैन । कानुनले ठुलो या सानो भन्दैन । सानो कसुर या ठुलो कसुर भनेर पनि छुट्याउँदैन । सबैलाई समान सजाय र समान न्याय प्रदान गर्छ । विगतमा राजनीतिक नेतृत्वले उन्मुक्ति पाउने र कर्मचारी तथा प्रशासकले सजाय पाउने अवस्था देखिँदै आएको थियो । अहिले यसमा केही सुधार भएको देखिन्छ । अब भ्रष्टाचार गरेको खण्डमा कसैले पनि उन्मुक्ति पाउँदैन भन्ने नजिर स्थापित हुन सक्ने सम्भावना देखिन्छ ।

पछिल्लो छानबिन र अभियोजनले भ्रष्टाचारमा केही कमी आउला त ? 

पक्कै आउनुपर्ने हो । अहिले धेरै पुराना मुद्दाहरू पनि सतहमा आइरहेका छन् । गृह मन्त्रालयभित्रै पनि आपराधिक गतिविधि हुँदा रहेछन् भन्ने देखिएको छ । साथै, गल्ती गरिसकेपछि जुनसुकै पद र तहको व्यक्ति भए पनि फसिँदो रहेछ भन्ने देखिँदै छ । टिप्पणी उठाउनेदेखि सदर गर्नेसम्मका सबैले सचेत नहुने र ‘माथिको आदेश’ पालना गर्दै जाने हो भने आगामी दिनमा सजायको भागीदार बनिने रहेछ भन्ने स्थापित भएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार