काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ जना पुगेको छ । बुधबार बिहानसम्म प्राप्त जानकारी अनुसार मृत्यु हुनेको संख्या ६ जना पुगेको छ भने १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
उनीहरू मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरूकोविभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।
सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको थियो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।
उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेललेजानकारी दिनुभयो । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया