वैशाख २३, २०८१ आइतबार May 5, 2024

सुशासन, भ्रष्टाचार नियन्त्रण, डेलिभरीलगायत विषयमा पार्टी र सरकारमा गम्भीरता देखिएन – गेजा शर्मा वाग्ले (अन्तवार्ता)

पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीविरुद्ध आरोप लगाउनमै केन्द्रीय सदस्यहरूले समय खर्चिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस केन्द्रीय समिति बैठकलाई कसरी हेरिरहनुभएको छ ?

कांग्रेस लोकतन्त्रवादी पार्टी भए पनि लामो समयदेखि पारदर्शी नभएको, विधि र प्रक्रियासम्मत ढंगले नचलेको जस्ता टीकाटिप्पणी हुँदै आएका थिए । यसपटकको केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गराएर पार्टीलाई आमजनता, पार्टीका नेता तथा कार्यकर्तासामु पारदर्शी गराउने प्रयास भएको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ ।

बैठक सभापति र महामन्त्री पक्षधरबीचको आरोप प्रत्यारोपमै अल्झिरहे जस्तो देखिन्छ नि ? 

लगभग एक वर्षदेखि पार्टीको बैठक बस्न सकेको थिएन । यसबीच राष्ट्रिय राजनीतिमा अनेकौँ आरोह, अवरोह देखिए । पार्टी गठबन्धन सरकारमा सामेल भएको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, डेलिभरीलगायत विषयमा पार्टी र सरकारमा गम्भीरता देखिएन । यस क्रममा पार्टीलाई विधिसम्मत ढंगमा चलाउन र पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीविरुद्ध आरोप लगाउनमै केन्द्रीय सदस्यहरूले समय खर्चिरहनुभएको छ । यसबाट पार्टी रूपान्तरण प्रक्रिया थप लामो र जटिल हुने सम्भावना देखिन्छ ।

कांग्रेस बैठक मुद्दामा केन्द्रित हुने सम्भावना कति देख्नुहुन्छ ?

अहिलेसम्म यो बैठकमा राष्ट्रिय मुद्दामा निकै कम छलफल भएको देखिन्छ । सदस्यहरू एकअर्काविरुद्धको आरोप प्रत्यारोपबाटै तुष्टि लिइरहेका छन् । महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल सुरु नै भएको छैन । गठबन्धन सरकारको ‘परफर्मेन्स’, डेलिभरी, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता विषयमा उनीहरूको ध्यान पुगेकै छैन । तर, जनताले यिनै विषयमा कांग्रेस बैठकले के बोल्छ, के निर्णय गर्छ र भुइँ तहसम्म त्यसको के प्रभाव पर्छ भनेर नजिकबाट नियालिरहेका छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार