काठमाडौं । २०४६ सालको आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको योगदानको चर्चा गरिएको छ ।
स्वर्गीय नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दलकाठमाडौँले आज बिहान आयोजना गरेको ‘नेपालको प्रजातन्त्र र आर्थिक विकास’ विषयकअन्तक्र्रिया कार्यक्रममा स्वर्गीय नेता सिंहको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममानेपाली काँग्रेसका पूर्व उपसभापति तथा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिबाट फाइदालिने चाहना राख्नेले अहिल्यै छोडेर अन्य पेशा व्यवसायमा आबद्ध हुन सुझाव दिनुभयो ।
नेतासिंहले सेवा गर्ने भावना भएकाले मात्रै राजनीतिमा लाग्नुपर्ने भन्दै उहाले गणेशमान सिंहलाईराजनीतिमा लाग्दा उहाँलाई नपुग्ने केही थिएन, देश र जनताको सेवा गरौँ भन्ने भावनाले लाग्दा सक्रिय राजनीतिक जीवनको आधा समय जेल र प्रवासमा बिताउ परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पूर्वसांसददीपकप्रसाद कुइँकेल, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई र महासचिव भूपेन्द्रजङ्गशाही, प्रदेशसभा सदस्यद्वय जीवन डङ्गोल र छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकासन्तोष चालिसे, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्काले नेताहरुले गणेशमानले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदना र साहसको चर्चा गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया