भाद्र १, २०८३ सोमबार August 17, 2026

टिकटक खोल्ने बित्तिकै बज्ने आवाजले दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

...........यति गर्नुभयो भने तपाईंले टिकटक एप खोल्दा देखिने पहिलो भिडिओ म्युट भएर आउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सामाजिक सञ्जाल टिकटक हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । मनोरञ्जनका लागि परिचित यो प्लेटफर्म अहिले सूचना र ज्ञान लिने माध्यम पनि बनेको छ ।

मोबाइलमा टिकटक एप खोल्दा बज्ने म्युजिकले तपाईं हामीमध्ये धेरैलाई दिक्क बनाएको हुनसक्छ । कतै सार्वजनिक स्थान वा भनौं शान्त हुनुपर्ने ठाउँमा एक्कासि टिकटकको म्युजिक बजिदिँदा त्यहाँको माहोल नै खराब हुन पुग्छ । त्यसका लागि टिकटकले प्लेब्याक म्युट (playback mute) फिचर उपलब्ध गराएकाे छ ।

टिकटककाे प्लेब्याक म्युट प्रयाेग गर्ने तरिका:

– सबैभन्दा पहिले आफ्नो डिभाइसमा टिकटक एप खोल्नुहोस् ।

– अनि तल दायाँपट्टि रहेको प्रोफाइलको अप्सनमा जानुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।

– यति गरेपछि ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा जानुहोस् ।

– त्यसपछि स्क्रोल गर्दै तल ‘कन्टेन्ट एन्ड डिस्प्ले’को सेक्सनमा रहेको प्लेब्याकको अप्सन छान्नुहोस् ।

– र, सबैभन्दा माथि देखिएको ‘ओपन टिकटक अन म्युट’ को अप्सन अन गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईंले टिकटक एप खोल्दा देखिने पहिलो भिडिओ म्युट भएर आउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र १, सोमबार