जेठ ७, २०८२ बुधबार May 21, 2025

उपराष्ट्रपति पुन चीन प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जानुभएको बताइएको हो ।

चीन जाने क्रममा उहाँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभएको थियो । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।

सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी र सुरक्षा निकायका अधिकारीले उहाँलाई बिदाइ गर्नुभएको थियो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार