काठमाण्डौंः प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
परिषद् अध्यक्ष रहेका प्रधानमन्त्रीले आइतबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा परिषद् सदस्य केपी ओलीसँगको परामर्शपछि मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनमा अवकाश हुँदै छन् । नयाँ प्रधानन्यायाधीश नियुक्तिका विषयमा परिषद् बैठकमा छलफल गर्ने तयारी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया