कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कोशीका मुख्यमन्त्री थापाले लिए दोस्रोपटक शपथ

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। त्यसैगरी, प्रदेश प्रमुख खापुङले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट समान एक जनालाई मन्त्री पदको शपथग्रहण गराएका छन्।

यस क्रममा माओवादी केन्द्रका बाबुराम गौतमले आर्थिक मामिला मन्त्रालय, कांग्रेसका प्रदीप सुनुवार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। सभामुखबाट राजीनामा दिएर प्रदेश सरकार गठनका लागि बाटो फुकुवा गरेका माओवादी प्रदेश सभा सांसद गौतमले आर्थिक मामिला मन्त्रालय नै माग गरेपछि माओवादीभित्र असन्तुष्टि बढेको थियो।

माओवादीले यसअघि पनि आकर्षक मानिएको आर्थिक मामिला मन्त्रालय लिँदै आएको थियो। प्रदेश सभाको पहिलो सरकारमा माओवादीका प्रदेश सांसद तथा संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बोले दुई पटक सो मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन्।

त्यसैगरी, सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिरहँदा माओवादीका जीवन आचार्य पनि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा थिए।

त्यसैगरी, एकीकृत समाजवादीले समेत भौतिक मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। बिहान दलहरूले बिनाविभागीय मन्त्रालयको स्थानमा मन्त्रालय नै तोकेर जानुपर्ने अडान लिएपछि दिनभर दलहरु आपसी छलफलमा ब्यस्त थिए। जसकारण शपथग्रहण ढिलो भएको बताइएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ। सभामुखबाट राजीनामा दिएका गौतमको माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत सिट संख्या ४७ पुगेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार