श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘नगरपालिकाको सदरमुकाम बाघाखोरबाट हटाउँदिन’ राजेन्द्र रमण खनाल,मेयर बेलकोटगढी नगरपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजेन्द्ररमण खनाल नुवाकोट जिल्लाको दोस्रो नगरपालिका बेलकोटगढी नगरपालिकाका मेयर हुनुहुन्छ । नुवाकोट जिल्लाको मदानपुरमा जन्मनु भएका खनाल सानैबाट नै कम्युनिष्ट विचारधाराबाट अभिप्रेरित हुनुहुथ्यो । राजनीतिक चेतनासँगै विद्यार्थी राजनीतिमा होमिएका खनाल त्यसपछिका दिनमा लगातार एमालेको जिल्ला तहको राजनीतिमा सक्रिय रहँदै आउनुभयो । सरल स्वभावका खनाल कार्यकर्ताबीच घुलमिल गर्न सक्ने एउटा लोकप्रिय नेताको परिचय पनि बनाउन सफल हुनुहुन्छ । उहाको राजनीतिमा सक्रियता, लगनशीलत र त्यहि सरलताका कारण मुलुकमा स्थापना भएको संघीय संरचना अनुसारको सर्वाधिकार सम्पन्न स्थानीय निकाय अन्र्तरगत बेलकोटगढी नगरपालिकाको मेयर बन्न सफल हुनुभयो । विचारमा अडिन रहने खनाल हेर्दा जति मिजासिलो हुनुहुन्छ निर्णय गर्ने क्षमता उहाको अडान चट्टानजतिकै कडा रहेको छ । जे बोल्ने त्यो गर्ने र जे नगर्ने त्यो नबोल्ने उहाको बानीका कारण पनि स्थानीय तहको निर्वाचनमा एमाले कमजोर रहँदा रहँदै पनि बेलकोटगढीको मेयर बन्न सफल हुनुभयो । नुवाकोट जिल्लामा १२ स्थानीय तहमध्ये दोस्रो नगरपालिका बन्न सफल भएको बेलकोटगढी नगरपालिकामा हुनुपर्ने पुर्वाधार बिना नै बनेको एउटा नगरपालिका हो । दलका नेताहरुले आफ्नो वर्चश्व स्थापित गर्ने उदेश्यले बनाइएको नगरपालिका भएकाले त्यसलाई आम जनताका नजरमा सुविधा सम्पन्न बनाउन निकै कठिन चुनौती रहेको छ । पहिलो कुरा त नगरपालिकाको मुख्य कार्यालय जान समेत सर्वसाधारणका लागि निकै सकसपुर्ण अवस्था छ भने कुनै पनि वडा कार्यलय बन्न सकेका छैनन् । यस्ता चुनौतीकाबीचमा नगरपालिकाको जिम्मेवारी पाउनुभएका खनालका लागि पनि आफ्नो कार्यकाल निकै चुनातीपुर्ण रहेको छ । आम नागरिककले उधारो कुरा विश्वास नगर्ने भएकाले नगदै रुपमा काम गरेर देखाउनु पर्ने भएकाले उहाको ध्यान नगर विकासमा नै केन्द्रीत रहेका छ । मेयर खनालले अबको चार वर्षको बीचमा जनतालाई देखिने गरि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले बितेका समयमा पनि आफुले कृषि, पर्यटन, बाटो निर्माण लगायतका काममा हात हालेको र ति कामहरु देखिने गरि सम्पन्न भएको पनि उहाको दावी रहेको छ । यिनै समयसामायिक विषयमा गरिएको कुराकानीका सम्पादित अंशहरु –

 नगरपालिकाको कार्यक्रमहरु कसरी अगाडि बढ्दैछन ?
–बेलकोटगढी नगरपालिका अत्यन्त नौलो र नयाँ नगरपालिका हो । नेपाल सरकारले अन्तिम समयमा नगरपालिका बनाएको थियो । नगरपालिका बनाउने कि नबनाउने भन्ने लामै बसहपछि मात्रै बेलकोटगढी नगरपालिका बन्न पुग्यो । जुन अवस्थामा नगरपालिका घोषणा भएको थियो त्यहाँ पुर्वाधार बिहिन अवस्था थियो । नगरपालिकाको कार्यालय आफ्नो नभएको,वडा कार्यालयको सञ्जार सबैतिर नपुगेको यो एउटा बिकट नगरपालिकाका रुपमा रहेको थियो र छ पनि । हाल हामीले कमसेकम वडा कार्यालय र नगरपालिकालाई जोड्ने काम गरेका छौं । अर्को कुरा पुर्वाधारले पनि हामीलाई निकै असहज अवस्था रहेकाले त्यसलाई पनि जोड दिएर काम अघि बढाएका छौं । त्यस्तै कृषि र पर्यटनलाई पनि विशेष महत्वका साथ जोड दिएर त्यसका लागि गर्नुपर्ने कामहरु तदारुकताकासाथ अघि बढाएका छौ ।विगतमा जनातको समसायमायिक समस्यातिर बढि अग्रसर भएका थियो र एक वर्षको कार्यकालमा साहानुभुति पाउने खालको धेरै काम गर्न सकेका छैनौं । यतिखेर बाटोघाटोको अवस्था पनि नाजुक रहेको छ । विस्तारै यसलाई सहज,दिगो र बलियो बनाउनका लागि ढल नाका बनाउनेतिर हाम्रो ध्यान केन्द्रीत भएको छ । त्यस्तै भवन बनाउनका लागि सरकारले पैसा दिएको खण्डमा र नदिएको खण्डमा पनि हामी आफैले बनाउनेगरि बजेट छुट्ट्याएका छौं । वडा कार्यालयहरुको हकमा पनि प्रत्येक कार्यालयलाई ३८ लाखको दरले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छौं । त्तकाल हामीले यिकै कुरालाई जोड दिएर अघि बढेका छौं ।

 एक वर्षभन्दा बढि समयको कार्यकाल पुरा गरिसक्नु भएको छ,यो अवधिमा के के चुनौतीहरु पाउनुभयो ?
–चुनौतीको सामना त धेरै नै गर्नुपरेको अवस्था थियो र अझै पनि छ । पहिलो कुरा केन्द्रीय सरकराले राष्ट्रसेवक कर्मचारीहरु नपठाउनाले समस्या उत्पन्न भएको थियो, कर्मचारी अपुग भएपछि काममा ढिलासुस्ती हुनु स्वभाविकै हो । जनताले पाउनुपर्ने सेवा सुविधा समयमा नपाएपछि त्यसले विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविकै बन्यो । एक वर्षको अवधिमा मुलुकमा दुई तहको निर्वाचन सम्पन्न भयो । जसका कारण निर्वाचन आयोगको आचारसंहिताले पनि हामीलाई काम गर्न समस्या उत्पन्न भयो । त्यस अवधिमा पनि हामीले विशेष गरेर कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायलाई प्राथमिकतामा राखेर काम अघि बढाएका थियौं । जस्तो दुग्ध व्यवसाय,कृषि, पर्यटन, मासुजन्य, बाख्रा, बिउ बिजनमा अनुदान,कुरिलो खेती ,कृषि औजार साना र ठुला गरेर १ सय ४० वटा ट्याकटर वितरण गरेका छौं । अलैची खेती तर्फपनि किसानलाई राहत दिनेगरि काम गरेका छौं । ८० हजारको हाराहारीमा अलैची वितरण गरेका छौं ।

 जुन उत्साहकासाथ काम गर्नुपर्दथ्यो त्यो अनुसार जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो पनि छ ?
–जति उत्साहकासाथ काम पर्ने थियो त्यो नभएको कुरामा म पनि सहमत छु,तर यसको अर्थ काम नै नभएको भन्न चाँही मिल्दैन । पुर्वाधार बिहिन अवस्थामा पनि हामीले धेरै काम गरेका छौं । पछिल्लो समय करको विषयमा विवाद उत्पन्न भएको छ । यसमा हामीले जनतालाई भार पर्नेगरि कर बढाएका छैनौं । प्रदेशको मातहमा रहेर जनतालाई लागू हुनेगरि कर वृद्धि गरेका छैनौं । एक वर्षको अवधिमा हामीले बालुवा तथा गिटीको बिक्री करमा केही बढाएका थियो । निकासी कर जिल्ला समन्वय समितिले टेन्डर प्रक्रिया मार्फत तय गरेको थियो र अहिले पनि त्यहि कायम रहेको अवस्था छ । हाम्रो नगरपालिकाबाट बाहिर जाने ढुंगा, गिटी, बालुवा, काठ जस्ता वस्तुहरुमा केही कर मात्रै बढाएका छौं । जनतालाई प्रत्यक्ष असर पर्ने करहरु सरल गर्न खाजेका छौं । भुकम्प पीडितको नाममा हामीले दिएको छुटलाई लिएर नाम भुकम्प पिडीतको काम अर्कै हुने गरेको कुरा बाहिर आएपछि त्यसलाई पनि नियन्त्रणको प्रयास गरेका छौं । यसले गर्दा हामीमा उत्साह छदै छैन भन्ने कुरा म मान्दिन । समग्रमा हामीले बेलकोटगढीको विकास पर्यटन र कृषिको विकासबाट मात्रै सम्भव छ भनेर निरन्तर त्यस क्षेत्रमा काम गरिरहेका छौं ।

 स्थानीय निकायको अर्को समस्या भनेको कर्मचारी र जनप्रतिनिधिबीच सामान्जस्यता हुन सकिरहेको छैन भन्ने पनि छ नि ? तपाईको अनुभव
–हामी जनप्रतिनिधिलाई अलि छिटो काम होस,नमिलेनी त्यो छिटो होस भन्ने अपेक्षा रहेको हुन्छ,तर सबै कुरा नियम कानुन र परिधि भित्र रहेर निश्पक्ष ढंगले गर्नुपर्ने हुनाले त्यसको जिम्मेवारी पुर्ण रुपमा कर्मचारी वर्गमा रहने गर्दछ । त्यसकारण हामीले त्त्काल भनेजस्तो प्रक्रिया पु¥याएर काम गर्न केही समय लागिहाल्छ । मुख्य कुरा हामीले नियम कानुन र परिधि भित्र रहेर काम गर्ने हो भने समस्या होला जस्तो मलाई लाग्दैन । सबैले आ–आफ्नो जिम्मेवारी बोध गरेको खण्डमा यस्ता कुरा बाहिर आउन पाउँदेन भन्ने मलाई लाग्छ ।

 निर्वाचनका बेला तपाईले हाल कायम रहेको नगरपालिकाको केन्द्रलाई सार्ने कुरा गर्नुभएको भन्ने चर्चा थियो । त्यसबोरमा अहिले केही सोच्नुभएको छ ?
–वास्तवमा मैले त्यो बेला पनि कार्यालय सार्छु भन्ने अभिव्यक्ति दिएको थिईन । चुनावका बेला भेगीय रुपमा त्यस्तो नारा लगाउने काम भयो । त्यसमा केहीले पत्याउनुभयो र मलाई मत पनि त्यहि अनुसार आयो । त्यो जहाँ हाम्रो केन्द्र बसेको ठाँउ बाघाखेर छ । त्यो मध्य केन्द्र रहेको छ । त्यहाबाट सबैभन्दा टाढा भनेको मदानपुरको ढाँडेफेदी १३ नम्बर वडाबाट त्यहा आउँदा पनि २८ किलोमिटर पर्दछ भने अर्को भेग कुमरीको फाँटापौवाबाट आउँदा पनि झण्डै त्यस्तै २५,२६ किलोमिटर पर्दछ । एक दुई किलोमिटर फरक रहेको छ । अहिले हेर्दा समथर जग्गा कम, भौगोलिक विकटता भएपनि हामीले त्यसलाई सडक पुर्वाधारबाट जोड्दै समथर जग्गामा आफ्नो भवन बनाउन सक्यौ भने त्यो भन्दा सहज र मध्य केन्द्र अर्को हुनै सक्दैन । त्यहाका जनताका लागि पनि त्यो अवसर हुनेछ । मैलै निर्वाचनको केही दिन अगाडि बाघाखोरमा नै भएको एक कोणसभामा स्पष्ट रुपमा भनेका थिए, नगरपालिकाको सदरमुकाम बाघाखोरबाट हटाउँदिन । अहिले तेस्रो नगरपरिषद्बाट सोही स्थानमा कार्यालय बनाउनेगरि निर्णय समेत गरिसकेको छु ।

 बेलकोटगढी नगरक्षेत्रमा रहेका नदीजन्य सामाग्रीहरुममा तस्करहरुले बढि आँखा लाउने गरेका छन् । यसलाई नियन्त्रण गर्न तपाईहरुले के के गर्दै हुनुहुन्छ ?
–हामीले प्रदुषणरहित उद्योगलाई पहिलो प्राथमिकता दिएका थियौं । मैले निर्वाचनका बेलामा पनि त्यो कुरा भनेको थिए । अहिले पनि म त्यसमा प्रतिवद्ध रहेको छु । आम्दानी गर्ने कुरामा उद्योगधन्दा चलाउन नपाउने भन्ने कुरा आउँदैन । त्यसबाट निक्सने धुवा वा प्रदुषणलाई व्यवस्थित गर्ने कुरामा हामीले चासो दिनुपर्ने हुन्छ । हामीले अंगिकार गरेको परिधिभित्र रहेर उद्योग चलाउने कुरामा हामी पनि सहमत छौं । जसले जनताको दैनिक जीवनमा असर पार्ने ढंगले उत्पादन गरेका छैनन् र प्रक्रिया पुरा गरेका छन् भने हामीले त्यस्ता उद्योगलाई रोक्ने कुरा आउँदैन । सञ्चालन गर्न दिनुपर्दछ । तर उद्योग सञ्चालन गर्दा पुरा गर्नुपर्ने मापदण्ड पुरा गरिएको छैन भने त्यस्ता उद्योग भने सञ्चालन गर्न दिने कुरा आउँदैन ।

कांग्रेससहितका प्रतिपक्षी दलहरुले तपाईहरुका क्रियाकलाप राजनीतिक प्रतिशोधपुर्ण ढंगबाट हुँदै आएको आरोप लगाउँदै आएको छ नि ?
– त्यो गतल कुरा हो । म हिजो जुनबाट निर्वाचित भएको भएपनि अब म त्यो नगरपालिकाको प्रमुख हो । मैलै सबै जनतालाई न्याय दिनुपर्दछ । उहाहरुले आफ्नो धर्म निर्वाह गर्नुभएको हो । म त्यसमा विश्वास गर्दिन । म जनतामा न्यायका लागि काम गर्दछु र कसैलाई पनि अन्याया हुन दिन्न । मैलै अहिलेसम्म काम गर्दा यो पार्टी उ पार्टी भन्दा पनि जनताको माग अनुसार काम गर्दै आएको छु । जस्तो ट्याक्टर वितरण गर्दा सहकारी माध्यमबाट छनोट गराएका छौं । क्युबी खेती गर्न चाहानेका लागि बिउ उपलब्ध गराएका छौं । शिक्षकहरु हाम्रो पार्टीको भन्दा फरक विचारधाराका पनि हुनुहुन्छ,उहालाई हामीले आस्थाका आधारमा कारबाही गर्ने,सरुवा गर्ने काम कहिल्यै गर्दैनौं । सबैले राम्रो सोच राख्नु पर्दछ भन्ने मलार्य लाग्दछ ।

तपाई आफ्नो मेयर भएर दुई वर्ष बिताउँदै हुनुहुन्छ । यस अवधिमा जनतासग गरेका वाचा पुरा गर्न सकिन कि भन्ने पनि लागेको छ ?
–अहिले निर्माणको अवस्था हो । म निर्माणमा लाग्नुपर्दछ । हामीसँग केही छैन त्यसलाइृ बनाउन पर्दछ भन्ने हो,तर यस अवधिमा धेरै बाधा अड्चन बेहोरेको छु । यसको मुल्याङकन १० वर्ष पछि हुन्छ । काम गर्दा सेन्टर पार्नुपर्ने भएकाले समस्या आएका छन् । यसलाई मैलै सहज रुपमा लिएको छु । काम गर्दा समस्या आउँछन्, त्यसलाइृ मिलाएर लैजाने कुार महत्वपुर्ण रहन्छ । बाटो बनाउँदा वा वडा कार्यालय राख्दा नपर्नेले मेरोमा परेन भनेर गाली गर्नुभएको छ । पर्नेहरुले पनि बाटो फराकिलो बनायो भनेर लागी गर्नुभएको होला,तर त्यसको फाइदा उहाहरुले नै लिने हो भन्ने कुरा नबुझ्दा भने मलाई खल्लो लागेको छ ।

 अन्त्यमा तपाइएको पाँच वर्षे कार्यकालमा हामीले बेलकोटगढी नगरपालिकालाई कस्तो देख्न पाउँछौं र तपाईले कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
– हामीले निर्माण गर्दागर्दै हाम्रा अवधि समाप्त हुन्छ । मैले बनाएको कार्यालयमा म बस्न भ्याउछु कि भ्याउँदिन थाहा छैन । तर एकाध कामहरु मैलै यसै वर्षभित्र सक्ने लक्ष्य लिएको छु । जस्तो चिम्टेश्वर भ्यु टावर र सिडी निर्माण ,मदन भण्डारी पिकनीक स्पोर्ट लगायतका काममा चासो दिएर लागेको छु । यदि मैलै यो कुरा पुरा गर्न सकिन भने म पछि आउने मेयरहरले यसमा लाग्नुपर्ने हुन्छ । मैले कम्तिमा यस्ता काम पुरा गरे भने उहाहरुले हरु काम गर्न पाउनु हुन्छ । यो हाम्रा लागि जरुरी पनि छ । नुवाकोटमा विदुर, त्रिशुली तथा अन्य क्षेत्रबाट आन्तरिक पर्यटकका लागि पिकनिक मनाउन जाने उपयुक्त थलो चिम्टेश्वर हुनसक्छ । त्यसलाई हामीले छिटो सक्यो भने आम्दानीको हिसाबले पनि फाईदा हुनेछ । अर्को कुरा पिपलटारदेखि बाघाखोर हुँदै चिम्टेश्वर भ्यु टावरका लागि केबलकारको सर्वेक्षण पनि गराएर छाड्ने छु । यस्तै केही महत्वपुर्ण बाटोहरुलाई प्राथमिकतामा राखेर ति बाटोहरु १२ महिना चल्ने र जनताले कमसेकम वडा कार्यालय र नगरपालिका कार्यालय जान सहज हुने ढंगले ति बाटोहरु निर्माण गर्ने मेरो प्रयास रहन्छ । यस्तै प्रयासका बाजुत बेलकोटगढी नगरपालिकालाई पुर्ण रुपमा सुगम र सम्पन्न बनाउन नसकेपनि सुहाउँदो बनाएर छाड्छु ।

साभारः नुवाकोट पुकार साप्ताहिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार