असार ६, २०८३ शनिबार June 20, 2026

संसदलाई कुनै एक पार्टीको मागमा बन्दी बनाउने हथकन्डा अपनाउन मिल्दैन – पूर्वसभामुख दमननाथ ढुङ्गाना (अन्तवार्ता)

प्रमुख प्रतिपक्षीले संसदीय समितिको माग गरेर संसद् चल्न नदिनु भनेको मुख्य ‘इस्यु’लाई ‘डाइभर्ट’ गर्ने दाउ पनि हुन सक्छ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिलेको संसद्को गतिरोधलाई कसरी हेरिरहनुभएको छ ?

हाम्रा पार्टीहरू कुन हदसम्म गैरजिम्मेवार बन्न सक्छन् भन्ने उदाहरण हो यो संसद्को अवरोध । संसद्मा प्रतिपक्षले दृष्टिकोण राख्न र मत नमिलेमा विरोध गर्न सक्छ । तर, देश र जनताका मुद्दामा बहस गर्नुपर्ने, नीति नियम बनाउनुपर्ने थलोलाई यसरी कुनै एक पार्टीको मागमा बन्दी बनाउने हथकन्डा अपनाउन मिल्दैन ।

प्रमुख प्रतिपक्षीले सुन तस्करीको छानबिन गर्न संसदीय समिति नै बनाउनुपर्ने अडान किन लिएको होला ?

संसदीय समितिले कुनै पनि विषयमा जाँचबुझ गरेर प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने हो । यस्तो समितिले कसैलाई मुद्दा चलाउन सक्दैन । उसले मुद्दा चलाउने कुनै आधार पनि हुँदैन । यस्तोमा प्रमुख प्रतिपक्षीले संसदीय समितिको माग गरेर संसद् चल्न नदिनु भनेको मुख्य ‘इस्यु’लाई ‘डाइभर्ट’ गर्ने दाउ पनि हुन सक्छ । आखिर यसअघिका कुनचाहिँ संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भएको छ र ?

संसद्को अवरोध कसरी हटाउन सकिएला त ?

यसरी विनाकारण एउटा दलको अडानका कारण संसद् अवरुद्ध भइरहने हो भने दल र जनप्रतिनिधिहरूका जनतासितको सम्बन्ध कमजोर हुँदै जानेछ र उनीहरूप्रतिको जनविश्वासमा पनि कमी आउनेछ । अवरोध खुलाउने विषयमा सबैभन्दा मुख्य भूमिका सभामुखको हुन्छ । उहाँले कति पहल गर्नुहुन्छ, त्यसमा पनि भर पर्छ । अहिले एमाले जनमतको ‘ट्रायल’मा गइरहेको छ । अब बिस्तारै आन्तरिक र बाह्य जनमतको दबाब बढ्दै जाँदा ऊ अवरोध हटाउन बाध्य हुनेछ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार