भाद्र ६, २०८३ शनिबार August 22, 2026

प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

लम्पी स्किन रोग नियन्त्रणका लागि विदेशबाट भ्याक्सिन ल्याउने, गाइवस्तुमा लगाउने, जनचेतना जगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पशु चौपायामा देखा परेको लम्पी स्किन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुषाल र मन्त्रालयका सचिव लगायत सम्बद्ध अधिकारीहरूसँग छलफल गरेको छ ।

छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा.भुषालले लम्पी स्किन रोग नियन्त्रणका लागि विदेशबाट भ्याक्सिन ल्याउने, गाइवस्तुमा लगाउने, जनचेतना जगाउने लगायतका काममा सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।

मन्त्री डा. भुषालले हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार भन्दा बढी गाइवस्तुलाई लगाइसकिएको जानकारी दिनुभयो ।

मन्त्री डा.भुषालले रोगबाट मरेका गाइवस्तुको क्षतिपूर्ति दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा तयार भएको र अब त्यो छिट्टै ल्याएर काम अगाडी बढ्ने बताउनुभयो ।

मन्त्री भुषालले आगामी दिनमा पनि यस्ता रोग आउन सक्ने सम्भावना भएकाले दिगो रुपमा यसको समाधानका लागि स्वदेशमा नै खोप उत्पादन गर्न विदेशबाट सिड भाइरस ल्याउने पहल भइरहेको जानकारी गराउनुभयो ।

मन्त्रालयले हालसम्म लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएकोमा १० लाख ८२ हजार १ सय ५९ पशु उपचार पश्चात् निको भएको जनाएको छ ।

हाल १ लाख ७५ हजार ५ सय ५३ पशु सक्रिय संक्रमित रहेको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मरेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी १३ लाख ६९ हजार डोज खोप आयात गरिएकोमा ६ लाख ८६ हजार ४ सय ५० खोप गाइवस्तुमा लगाइसकिएको र बाँकी खोप लगाउने काम जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार