भाद्र ६, २०८३ शनिबार August 22, 2026

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको शिष्टाचार भेटवार्ता

नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको  कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगको लागि धन्यबाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास ब्यक्त गरे।

उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै  पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए  । जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।

अन्तर ब्यबस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी गराए ।

भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले  नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास ब्यक्त गरेका थिए।  नेपाल पनि जापानमा हुने “वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान“ मा सहभागी हुन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले नेपालको पर्यटन, ब्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरे। उनीहरुले नेपाल जापान संसदीय मैत्री समुह छिटै गठन हुने आशा राख्दै मैत्री समुह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राखे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार