मंसिर २५, २०८० सोमबार December 11, 2023

विवेकशीलले गरायो सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले पछिल्लो समय मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले त्यसको भत्र्सना गरेको छ ।

सो पार्टीले शुक्रबार एक विज्ञप्तिमार्फत कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक रहेको जनाएको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा पार्टीले संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्न जरुरी रहेको धारणा राखिरहेको पनि स्पष्ट पारिएको छ ।

यस्तै विज्ञप्तिमा केही दिनअघि भारतीय सेनाप्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका खबर प्रकाशमा आएको उल्लेख गर्दै सो पार्टीले नेपाल सरकारलाई सो बारेमा भारत सरकारसँग पत्राचार गर्न र भविष्यमा द्विपक्षीय सम्वन्धमा आँच आउन सक्ने त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार