असार ३, २०८३ बुधबार June 17, 2026

विवेकशीलले गरायो सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले पछिल्लो समय मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले त्यसको भत्र्सना गरेको छ ।

सो पार्टीले शुक्रबार एक विज्ञप्तिमार्फत कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक रहेको जनाएको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा पार्टीले संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्न जरुरी रहेको धारणा राखिरहेको पनि स्पष्ट पारिएको छ ।

यस्तै विज्ञप्तिमा केही दिनअघि भारतीय सेनाप्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका खबर प्रकाशमा आएको उल्लेख गर्दै सो पार्टीले नेपाल सरकारलाई सो बारेमा भारत सरकारसँग पत्राचार गर्न र भविष्यमा द्विपक्षीय सम्वन्धमा आँच आउन सक्ने त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार