श्रावण १२, २०८१ शनिबार July 27, 2024

विष्णु माझीको तीज गीत ‘बलमा’(पुतलीको भट्टी-१९) सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली नारीहरुको महानचाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन जम्माजम्मी १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा ह्वारह्वार्ती सार्वजनिक भईरहका छ्न ।

प्रत्येक वर्षको तीजमा सयौंको संख्यामा तीज गीत सार्वजनिक हुने गरेको छ । यद्धपि आम मानिसहरुले भने गायिका विष्णु माझीको स्वरमा सजिएको गीत नसुनेसम्म तीज आएको महसुश नै गर्दैनन् । गीत संगीतका पारखीहरु भन्छन् ‘जब विष्णु माझीको तीज गीत सार्वजनिक हुन्छ तव मात्रै तीजले छपक्कै छोपेको महशुस हुन्छ’ ।

गत २ वर्ष उनको ‘चरी जेलैमा’ नामका भाग एक र २ गीत बजारमा ब्लकबस्टर बन्यो गीतमात्रै ब्लकबस्टर बनेन् उक्त गीत विष्णुकै वास्तविक जीवनसँग मेल खाएको बताइयो । उनका श्रीमान् सुन्दरमणि अधिकारीविरुद्ध प्रहरीमा उजुरीसमेत पर्यो सुन्दरमणिले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो ।

उनै सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले यस वर्षको नयाँ तीज गीत ‘बलमा’ (पुतलीको भट्टी-१९) सार्वजनिक भएको छ । माझीको एकल स्वरमा रहेको उक्त गीत बुधबार साँझ युट्युबमा रिलिज भएको छ ।

सुन्दरमणि अधिकारीको शब्दर संगितमा सार्वजनिक गीतमा विष्णु माझीको स्वर रहेको छ । माझी झण्डै २ दशकदेखि गुमनाम रहेकी छन् । स्टुडियोमा गीत रेर्कड भइरहने गत सार्वजनिक भइरहे पनि माझी सार्वजनिकरुपमा नदेखिएको झण्डै २ दशक हुन लागिसकेको छ ।

जानकारहरु उनका श्रीमान सुन्दरमणि अधिकारीका कारण उनी सार्वजनिक रुपमा अगाडि नआएको दाबी गर्दछन् । यद्धपि विष्णुले भने २ वर्ष अगाडि गृह जिल्ला स्याङ्जा पुगेर आफूलाई कोही कसैले पनि दबाब नदिएको बताएकी थिइन् ।

यस्तो छ विष्णुको नयाँ तीज गीत बलमा 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार